News Portal

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

हिमालीसंचार संवाददाता
२०७ पटक

मंसिर-२९ शुक्रबार/काठमाडौं  – नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस १२ गतेदेखि बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकमा राष्ट्रिय सभाको उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धन लगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। आज शुक्रबार नै बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सार्ने निर्णय गरिसकेको छ।

महासमितिको बैठक फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने प्रस्ताव भएको कार्यसम्पादन समिति सदस्य विमलेन्द्र निधिले जानकारी दिए। यसअघि महासमितिको बैठक पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय थियो। 

राष्ट्रिय सभाको चुनाव र  चिसोलाई कारण देखाएर महासमिति बैठक सार्ने निर्णय गरेका हुन् । आगामी माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ। पार्टीले कार्यसम्पादन समितिको बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा समेत छलफल गरेको थियो । 

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...