News Portal

  • नेकपा एमालेको संकल्प यात्रा कोशी प्रदेश प्रवेश गऱ्यो

    हिमालीसंचार संवाददाता
    ११८ पटक

    मंसिर २७, बुधबार/काठमाडौं – एमालेले गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी लोकमार्ग अभियान १३औँ दिन आइतबार २६ मंसिर हिजो खोटाङ पुगेको छ । अध्यक्ष ओलीले नेतृत्व गरिरहेका छन्। उनी अहिले दैनिक १३–१४ घन्टा खटिरहेका छन् ।

    सामान्यतया नेताहरू राजनीतिक भेटघाट र कार्यक्रममा व्यस्त हुनु नौलो र अनौठो होइन । तर, दैनिक औसत सय किलोमिटर यात्रा गर्दै अध्यक्ष ओली बिहानदेखि राति अबेरसम्म खटेका देखिन्छन् ।उनीसँगै पार्टीका अन्य पदाधिकारी, स्थायी समिति सदस्यसहितका नेताहरू पनि पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘लङ मार्च’मा छन् । 

    एमालेको १३ दिनमा एक हजार तीन सय किलोमिटरभन्दा लामो यात्रा पार गरेको अभियानका क्रममा अध्यक्ष ओलीले दैनिक औसतमा पाँचसहित मंगलबारसम्म ६० वटाभन्दा बढी कार्यक्रममा प्रत्यक्ष सहभागी भएका छन् । यात्राका क्रममा उनले बाटोमा भेटिने स्थानीयसँग पनि साक्षात्कार गरिरहेका छन् । पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्दा अब ओलीको बाँकी पाँच दिनको यात्रा करिब साढे पाँच सय किलोमिटरको हुने बताएका छन्। 

    राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्व–पश्चिम यात्रामार्फत प्रमुख प्रतिपक्षीमा रहेको एमालेलाई पहिलो र बलियो शक्तिमा पुनस्र्थापित गर्न अहिले ओलीले आफ्ना सबै सामथ्र्य प्रयोग गर्न खोजेका छन् । 

    ‘पार्टी प्रतिपक्षमा भएकाले केही न केही राष्ट्रियस्तरको सन्देशमूलक कार्यक्रम त गर्नैपर्ने हुन्थ्यो। त्यही क्रममा पार्टीलाई बलियो रूपमा पुनस्र्थापित गर्न ओलीले अहिले शारीरिक, बौद्धिक, वाचनकलालगायत सबै सामथ्र्य प्रयोग गर्न खोजेजस्तो देखिन्छ। 

    राजावादीहरूले राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै माहोल सिर्जना खोजेका वेला त्यसलाई चिर्दै ओलीजीले स्पष्ट अडानसहित प्रस्ट अभिव्यक्ति दिएर गणतन्त्रको पक्षमा माहोल खडा गरेका छन्,’ उनले भने, ‘पछिल्ला सबै परिवर्तनको नेतृत्वका रूपमा स्वामित्व लिएर अहिले खडा गर्न खोजिएको चुनौती सामना गर्दै माहोल र भाष्य नै परिवर्तन गर्न सक्नु चानचुने कुरा होइन, यो सकारात्मक कुरा हो ।’

    एमालेले अभियानको नारा ‘सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय’ दिएको छ । त्यसलाई मेल खाने गरी नै ओलीको सक्रियता देखिएको पोखरेलको भनाइ छ । ‘अहिलेको सत्तागठबन्धन, नयाँ पार्टीहरूको गतिविधि हेर्दा देशको राजनीति कुनै पनि वेला कता मोडिन्छ टुंगो पनि छैन। 

    ०८४ सालसम्म शहरमा कुरा मात्र गरेर बस्दा ओझेलमा पर्ने सम्भावना पनि हुन्छ। जनताले पनि परिस्थितिलाई नै हेर्ने हुन्,’ उनले भने, ‘त्यसैले केही गरेर वा बल गरेर अबको चुनावमा केही मिराकल गर्न सकिन्छ कि भन्ने लागेर पनि अभियान गरिएको हुन सक्छ । पहिले पनि एमालेले मधेस यात्रा रोज्यो, अहिले मध्यपहाडी ।’ 

    अध्यक्ष ओलीले सबैजसो कार्यक्रममार्फत पूर्वराजालाई लोकतन्त्रविरुद्ध नलाग्न चुनौतीसहित सचेत मात्र गराएका छैनन्। सरकारको असफलता, पार्टीले अब लिने नीति, राष्ट्रियता र समृद्धिका विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । 

    त्यस्तै, पहाडको समस्या र चुनौती पहिचान गर्ने प्रयास पनि गरेका छन् । एमालेले राष्ट्रिय एकता बलियो बनाउने, सामाजिक सद्भाव बलियो बनाउने, चुनावसम्म निरन्तर मिसन ८४ अभियान चलाएर पार्टीलाई सबै क्षेत्रको समर्थन रहेको बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने, विकास र समृद्धिका चुनौती पहिचान गरी नयाँ आशा जागृत गर्नेजस्ता उद्देश्य अभियानमार्फत राखेको छ । 

    अध्यक्ष ओली नेतृत्वको यात्रा खोटाङ पुगेको छ । आइतबार काभ्रेको मन्डन–देउपुर र धुलिखेल, सोमबार बिहान दोलालघाट, सिन्धुपाल्चोकको खाडीचौर हुँदै ओली नेतृत्वको टोली दोलखाको मुडे–खरीढुंगा र चरीकोट पुगेको थियो । त्यस सिलसिलामा उनलाई सिन्धुपाल्चोकमा माओवादी पोलिटब्युरो सदस्य तथा सांसद सरल सहयात्रीसहितको टोलीले स्वागत गरेको थियो । 

    खरीढुंगामा सम्भाव्य फिल्म सिटी निर्माण र खरीढुंगा सञ्चालनको मोडलबारे सरोकारवाला, स्थानीय र राजनीतिकर्मीसँग अन्तरक्रियापछि उनले चरीकोट पुगेर आमसभालाई सम्बोधन गरेका थिए । त्यहाँ उनलाई कांग्रेस, माओवादीलगायत नेताहरूले स्वागत गरेका थिए । 

    रामेछापको मन्थलीपछि ओली नेतृत्वको टोली सिन्धुलीको खुर्काट हुँदै चिवाभञ्ज्याङलाई लक्ष्य बनाएर कोशी प्रदेश प्रवेश गरेको छ । सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी, ओखलढुंगाको हर्कपुर र  दिक्तेललगायत स्थानमा आयोजित छुट्टाछुट्टै पाँचभन्दा बढी कार्यक्रममा मंगलबार ओलीले सम्बोधन गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal