News Portal

नेकपा एमालेको संकल्प यात्रालाई सहयोग गर्न पहिचानवादीलाई एमालेको आग्रह

हिमालीसंचार संवाददाता
२५८ पटक

विराटनगर – नेकपा एमालेले शुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ ।

नेकपा एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेसले आयोजना गरेको पत्रकार सम्मेलनमा संकल्पयात्रा पहिचावादी लक्षित नभएको भन्दै बन्द हड्ताल फिर्ता गर्न नेकपा एमालेले पहिचानवादीहरुलाई विशेष आग्रह गरेका हुन्। नेकपा एमालेको संकल्प यात्रा मंसिर २६ गतेदेखि कोशी प्रदेश प्रवेश गर्दैछ । 

कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई लक्षित गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुरु भएको केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताए ।

पूर्वनिर्धारित कार्यक्रम भएकाले कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गरे । उनले भने, ‘पहिचानवादीलाई एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम नगर्नुहोला । राष्ट्रिय अभियान निरन्तररुपमा अघि बढिरहेको र चिवाभञ्ज्याङ पुगेरै टुङ्गिन्छ ।’ 

राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कारण नभएको भन्दै उनले कोशी प्रदेश प्रदेशसभाको दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल नहुने समेत बताए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रीत गर्न आग्रह गरे  । उनले भने, ‘दबाबमूलक आन्दोलन गर्ने भए कोशी प्रदेशसभामा केन्द्रीत गर्न अनुरोध छ । एमालेको यात्रामा पहिचानवादीको साइनो सम्बन्ध छैन ।’

यस समृद्धिको यात्रामा अवरोध नगर्न आग्रह गर्दै उनले पहिचानवादीसँग संवाद गर्न एमालेले चाहेको बताए । ‘संवाद गर्न चाहेको भए आन्दोलनका कार्यक्रम फिर्ता गर्नु पर्छ,’ उनले भने । असली पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्न खोजेको भए आन्दोलन फिक्का मात्र नभएर अर्थहिन हुने अवस्थामा पुग्ने नेता राईले दाबी गरे ।

मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रीत अभियान आगामी मंसिर २६ गतेदेखि कोशी प्रदेश प्रवेश गर्ने कार्यक्रम छ । मंसिर २६ गते पुस २ गतेसम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको बसन्तपुर र पाँचथरको फिदिममा सभा हुने कार्यक्रम रहेको छ । अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा रहेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...