News Portal

दुर्गा प्रसाईंको आन्दोलनमा समर्थन, २०८४ अगाडि नै राजसंस्था पुनर्स्थापना हुन्छ : कमल थापा

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने दाबी गरेका छन्।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनी हुने दाबी समेत गरे।

अहिलेको लूटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहेर राष्ट्र प्रमुखको विवाद सदाका लागि समाप्त हुने उनले बताए।

उनले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग तत्काल एकताको कुनै सम्भावना नरहेको भन्दै थापाले राष्ट्रमा राजसंस्था, हिन्दुराज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसाईंको आन्दोलनमा स्वतः समर्थन रहेको प्रस्ट पारे।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...