News Portal

  • खोटाङको ऐसेलुखर्क गाउँपालिका राखाबांदेलमा शहिद गुरुङको शालिक अनावरण

    हिमालीसंचार संवाददाता
    ३७२ पटक

    खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल स्थित शहिद अनिता गुरुङको शालिक अनावरण गरिएको छ । शसस्त्र द्धन्द्ध कालमा सेनाले हत्या गरेका शहिद गुरुङको शालिकमा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले गत मंसिर २० गते बुधबार शहित गुरुङको सालिकमा अनावरण गरेका हुन् ।

    ऐसेलुखर्क गुरुङगाउँस्थित शहिद अनिता गुरुङ स्मृति पार्कमा २०औं उनको स्मृति दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो । शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसन सुकेधारा काठमाडौंको विशेष  पहलमा सहिद गुरुङको शालिक तयार गरिएको हो।  

    विस २०२३ साल मंसिर १० गते जन्मिएकी सहिद गुरुङलाई सेनाले नियन्त्रणमा लिएर विस २०६० मंसिर २० गते विभत्स हत्या गरेको थियो । तत्कालिन बिद्रोही नेकपा माओवादीको विद्यार्थी संगठनमा संगठित भएको सूचनाका आधारमा सेनाले गुरुङ ट्यूसन पढ्न कालिका माबि जाँदैगरेको अवस्थामा विद्यालय नजिकैबाट नियन्त्रणमा लिएर बाकाचोल र राखाबांदेलको सिमानामा पर्ने नावा भन्ने ठाउँमा पुर्‍याएर विभत्स हत्या गरेका थिए। गुरुङको घरमा पुगेको सेनाले घरपरिवार तथा आफन्तलाई समेत कुटपिट गरेका थिए । जिल्लाका कम्यूनिष्ट नेताहरुले आश्रयस्थलका रुपमा प्रयोग गरेको गुरुङको घरलाई द्धन्द्ध कालमा माओवादीले पनि सेल्टर बनाएको थियो।

    अनिता गाउँमा हुने माओवादीको कार्यक्रममा सहभागी हुने, सदस्यता कटाउने लगायतका काम गर्थिन् । सोझो र सरल स्वभावको उनी एसएलसिको तयारीमा जुटेकी थिईन् । सुराकीको आधारमा सेनाले अनितालाई नियन्त्रणमा लिएर हत्या गरेको नेकपा माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका कमिटि अध्यक्ष अगमसिं राईले हिमालीसंचारडटकमसंग बताउँछन् ।

    कालिका माबिलाई पाँच लाख, राष्ट्रिय प्रजातन्त्र माविलाई डेस्कटप

    शालिक अनावरण कार्यक्रमको अवशसरमा शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसनले अक्षय कोष स्थापनाका लागि अनिताले अध्ययन गरेको कालिका माबिलाई नगद पाँच लाख प्रदान गरेको छ ।

    आदिबासी जनजाती, दलितमध्येबाट एसइईमा उत्कृष्ट अंक ल्याउने एक जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेगरी फाउण्डेसनका अध्यक्ष होमनाथ गुरुङले प्रअ रमेशकुमार राईलाई नगद हस्तान्तरण गरेका थिए । शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसनद्धारा अक्षय कोष स्थापनाका लागि अनिताले अध्ययन गरेको कालिका माबिलाई नगद पाँच लाख प्रदान गर्दै ।

    त्यस्तै, फाउण्डेसनले राष्ट्रिय प्रजातन्त्र आधारभुत विद्यालयलाई एक थान कम्प्युटर डेस्कटप प्रदान गरिएको छ । फाउण्डेसनले १० वर्षअघि कालिका माबिलाई चार थान कम्प्युटर डेस्कटप प्रदान गरेको जनाएको छ ।

    शालिक अनावरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य राई, आदिवासी जनजाति आयोगका सदस्य सुर्य गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, नेकपा माओवादी नेता श्रीबहादुर राई, एमाले नेता गृहबहादुर राई, एमाले नेतृ पुष्पकला भुजेल, माओवादी केन्द्रका नेता अगमसिं राई लगायतले आफ्नो धारणा राखेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...

    ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

    काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्।...

    बालकोटमा ओली निवासमा आगजनी, प्रदर्शन अझ चर्कियो

    काठमाडौं, २४ भदौ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।...