News Portal

खोटाङको ऐसेलुखर्क गाउँपालिका राखाबांदेलमा शहिद गुरुङको शालिक अनावरण

हिमालीसंचार संवाददाता
४४० पटक

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल स्थित शहिद अनिता गुरुङको शालिक अनावरण गरिएको छ । शसस्त्र द्धन्द्ध कालमा सेनाले हत्या गरेका शहिद गुरुङको शालिकमा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले गत मंसिर २० गते बुधबार शहित गुरुङको सालिकमा अनावरण गरेका हुन् ।

ऐसेलुखर्क गुरुङगाउँस्थित शहिद अनिता गुरुङ स्मृति पार्कमा २०औं उनको स्मृति दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो । शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसन सुकेधारा काठमाडौंको विशेष  पहलमा सहिद गुरुङको शालिक तयार गरिएको हो।  

विस २०२३ साल मंसिर १० गते जन्मिएकी सहिद गुरुङलाई सेनाले नियन्त्रणमा लिएर विस २०६० मंसिर २० गते विभत्स हत्या गरेको थियो । तत्कालिन बिद्रोही नेकपा माओवादीको विद्यार्थी संगठनमा संगठित भएको सूचनाका आधारमा सेनाले गुरुङ ट्यूसन पढ्न कालिका माबि जाँदैगरेको अवस्थामा विद्यालय नजिकैबाट नियन्त्रणमा लिएर बाकाचोल र राखाबांदेलको सिमानामा पर्ने नावा भन्ने ठाउँमा पुर्‍याएर विभत्स हत्या गरेका थिए। गुरुङको घरमा पुगेको सेनाले घरपरिवार तथा आफन्तलाई समेत कुटपिट गरेका थिए । जिल्लाका कम्यूनिष्ट नेताहरुले आश्रयस्थलका रुपमा प्रयोग गरेको गुरुङको घरलाई द्धन्द्ध कालमा माओवादीले पनि सेल्टर बनाएको थियो।

अनिता गाउँमा हुने माओवादीको कार्यक्रममा सहभागी हुने, सदस्यता कटाउने लगायतका काम गर्थिन् । सोझो र सरल स्वभावको उनी एसएलसिको तयारीमा जुटेकी थिईन् । सुराकीको आधारमा सेनाले अनितालाई नियन्त्रणमा लिएर हत्या गरेको नेकपा माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका कमिटि अध्यक्ष अगमसिं राईले हिमालीसंचारडटकमसंग बताउँछन् ।

कालिका माबिलाई पाँच लाख, राष्ट्रिय प्रजातन्त्र माविलाई डेस्कटप

शालिक अनावरण कार्यक्रमको अवशसरमा शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसनले अक्षय कोष स्थापनाका लागि अनिताले अध्ययन गरेको कालिका माबिलाई नगद पाँच लाख प्रदान गरेको छ ।

आदिबासी जनजाती, दलितमध्येबाट एसइईमा उत्कृष्ट अंक ल्याउने एक जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेगरी फाउण्डेसनका अध्यक्ष होमनाथ गुरुङले प्रअ रमेशकुमार राईलाई नगद हस्तान्तरण गरेका थिए । शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसनद्धारा अक्षय कोष स्थापनाका लागि अनिताले अध्ययन गरेको कालिका माबिलाई नगद पाँच लाख प्रदान गर्दै ।

त्यस्तै, फाउण्डेसनले राष्ट्रिय प्रजातन्त्र आधारभुत विद्यालयलाई एक थान कम्प्युटर डेस्कटप प्रदान गरिएको छ । फाउण्डेसनले १० वर्षअघि कालिका माबिलाई चार थान कम्प्युटर डेस्कटप प्रदान गरेको जनाएको छ ।

शालिक अनावरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य राई, आदिवासी जनजाति आयोगका सदस्य सुर्य गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, नेकपा माओवादी नेता श्रीबहादुर राई, एमाले नेता गृहबहादुर राई, एमाले नेतृ पुष्पकला भुजेल, माओवादी केन्द्रका नेता अगमसिं राई लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...