News Portal

कुवेतमा काम गर्ने आप्रवासी श्रमिकका लागि उपयोगि जानकारी

हिमालीसंचार संवाददाता
५०७ पटक

कुवेत– रोजगारका लागि आवासिय भिसा तथा श्रम ईजाजत दुवै आवश्यक पर्दछ । कुवेत सरकारको आधिकारिक अनलाइन पार्टल(वेभसाइट) ले कसरी आप्रवासी श्रमिकहरुले श्रम ईजाजत लिन, बसोवास अनुमति प्राप्त गर्न तथा परिचयपत्र प्राप्त गर्नका साथै गैरकुवेती चालक अनुमतिपत्र कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने जानकारी उपलव्ध गराउँछ । यसका साथै आप्रवासी श्रमिकको स्वास्थ्य जाँचका लागि समेत यस मार्फत अनुरोध गर्न सकिन्छ ।

 श्रम सम्झौता पत्रमा हस्ताक्षर 

आफूसँग रोजगार सम्वन्धि लिखित सम्झौतापत्र हुनु आवश्यक कुरा हो । कुनै पनि सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि राम्रोसँग पढ्नुहोस् । सम्झौतापत्रमा लेखिएका कुनै कुरामा आफू सहमत नभएमा वा नबुझेमा हस्ताक्षर नगर्नुहोस्, आफ्नो रोजगारदातासँग छलफल गर्नुहोस् । तपाईको सम्झौतापत्रमा तपाईको विवरण, तपाईको रोजगारदाताको विवरण, श्रम सम्झौताको अवधि, तपाईको कामको जिम्मेवारी तथा कार्यसमय, बार्षिक विदा तथा अन्य विदाहरु, तलव तथा सुविधा, अतिरिक्त समयको कामको भुक्तानी गणना पद्धती, रोजगारी अन्त्य हुँदा प्राप्त गर्ने सुविधा तथा रोजगार सम्झौता भंग हुने अवस्थाहरुका बारेमा लेखिएको हुनुपर्दछ । यसैगरी आफूले हस्ताक्षर गरेको सम्झौताको एक प्रति आफूसँग राख्नुहोस् ।

सुचूचित रहनुहोस्

कुवेतको श्रम कानूनका बारेमा जानकार रहनुहोस् । कुवेत सरकारको आधिकारिक अनलाइन पोर्टल(वेभसाइट) ले श्रम कानून सहित मुलुकको कानूनी व्यवस्था का बारेमा जानकारी दिन्छ ।

आप्रवासी श्रमिकको नाताले कुवेतमा तपाईले आफ्नो कागजात आफैंसँग राख्न पाउने, मासिक रुपमा तलव, सुविधा भुक्तानी पाउने, बार्षिक विदा, स्वास्थ्य सम्वन्धि विदा लिन पाउने, हप्तामा एक दिन तलवी साप्ताहीक विदा पाउने, कामको बीचमा हरेक दिन एक घण्टा आराम गर्ने समय पाउने, अतिरिक्त समय काम गर्दिन भन्न पाउने, काम सकेपछि कार्यथलोबाट बहिरिन पाउने तथा स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने अधिकार राख्नुहुन्छ । कुवेती मानव अधिकार समाज, कुवेत स्थीत डेनमार्कको दूतावास तथा कुवेतको आन्तरिक मामिला मन्त्रालयको समन्वयमा घरेलु श्रमिकको लागि सचेतनामूलक हातेपुस्तीका तयार पारेका छन् । यो हातेपुस्तीका अरविक, अंग्रेजी, तागालोग, हिन्दी, उर्दू तथा फ्रेञ्च भाषामा उपलव्ध छ । यसैगरी आइओएमले भारतीय श्रमिकहरुका लागि सहयोगी पुस्तीका पनि तयार पारेको छ ।

रोजगारदाताले श्रम सम्झौता उल्लंघन गरेमा कुवेतको श्रम विभागमा उजुरी गर्नुहोस् । कुवेतको आन्तरिक मामिला मन्त्रालयले सामाजिक मामिला तथा श्रम मन्त्रालयसँगको समन्वयमा महिला घरेलु श्रमिकहरु जो रोजगारदाता छोडेर निस्केका छन् उनीहरुका लागि अस्थायी आवासगृह सञ्चालन गरेको छ ।

अन्य उपयोगी जानकारीहरु

 

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...