News Portal

जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

१५६ पटक

काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय संवाद भएको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै भएको छलफलमा जेनजी प्रतिनिधिहरूले चुनावसँगै सुशासन र भ्रष्टाचारविरुद्ध ठोस कारबाही गर्न सरकारलाई आग्रह गरे।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार जेनजी समूहले निर्वाचन आवश्यक रहेको तर “चुनाव–चुनाव भनेर मात्रै नहुने” भन्दै राम्रो शासन र पारदर्शिताको माग गरेको थियो। उनीहरूले भ्रष्टाचार नियन्त्रण र जवाफदेहितालाई प्राथमिकतामा राख्न सरकारसँग जोडदार माग गरे।

संवादमा सरकारतर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।

जेनजी समूहका तर्फबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का प्रतिनिधिहरू उपस्थित थिए। राजनीतिक दलका तर्फबाट कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताहरूले पनि आफ्नो धारणा राखे।

बैठकमा निर्वाचनको वातावरण निर्माण, राजनीतिक सहमति र राष्ट्रिय एकताको आवश्यकताबारे विस्तृत छलफल गरिएको थियो। सरकारका अनुसार, निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला पक्षहरूसँग निरन्तर वार्ता अघि बढाइने छ।

प्रतिकृया दिनुहोस्

शिक्षालय र उद्योगबीच अप्रेन्टिसीप कार्यक्रम सम्पन्न

रविन्द्र बराल/ मोरङ, पुष ३ – कोशी प्रदेशको राजधानी विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा “औद्योगिक प्रशिक्षार्थी...

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...