News Portal

प्रधानमन्त्री प्रचण्ड दुबई उड्दा, नेपाल एयरलाइन्सले ३१ यात्रु छाडेर जहाज उड्यो

हिमालीसंचार संवाददाता
३१४ पटक

काठमाडौं – प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई जादा वायुसेवा निगमले ३१ जना यात्रु छाडेर उड्यो।

दुबईमा हुन लागेको उक्त सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री प्रचण्ड दुबई जाँदैथिए। जसका लागि राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति ११ः३० उडान भर्ने भनिएको नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९को जहाजमा टिकट काटेका थिए। उनी अध्यागमनलगायतका प्रक्रियाका लागि पर्याप्त समय पुग्नेगरी बेलुकी साढे आठबजेतिर नै विमानस्थल पुगे।

उनी विमानस्थल पुग्दा उडान समय भइसकेको भन्दै राणालाई भित्र छिर्न दिइएन। 

उनले ‘११ः३० बजेको उडान तालिका रहेको जहाज अहिल्यै कसरी समय भयो?’ भनी प्रश्न गरे। तर त्यहाँ रहेका विमानस्थलका कर्मचारीले उक्त जहाज साढे ९ बजे नै उड्न लागेको जानकारी दिएपछि उनी छांगाबाट खसेजस्तै भए।

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डलको सहजताका लागि नेपाल एयरलाइन्सले निर्धारित समयभन्दा दुई घण्टा अगावै उडान समय संशोधन गरेको रहेछ। जुन कुरा राणाले विमानस्थल पुगेपछि मात्रै थाहा पाए।

‘हामीलाई फ्लाइट समय अगाडि सारिएको कुरा नेपाल एयरलाइन्सले जानकारी नै दिएन,’ फेसबुकमा लाइभ गर्दै उनले भनेका छन्,‘यसरी अन्तर्राष्ट्रिय स्तरको उडानमा भिभिआइपीको नाममा भन्दै यात्रुलाई थाहा नदिई उडान समय सारेर नेपाल एयरलाइन्सले गम्भीर लापरवाही गरेको छ।’

त्यसपछि मात्रै आफूजस्तै ३१ यात्रु नेपालमै छाडेको थाहा भएको राणाले बताए। ‘त्यहीँ एयरपोर्टमा बाँकी यात्रु पनि अलपत्र छाडेर जहाज उडाइयो। अरु यात्रुहरूलाई पनि फ्लाइट सरेको जानकारी दिइएको रहनेछ,’ राणाले भने।

त्यसपछि एयरपोर्टमै छुटेका यात्रुहरूलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ। यात्रु छुट्नुको कारण भिभिआइपी फ्लाइट भनेर एयरलाइन्सले लिखित रुपमै यात्रुलाई पत्र थमाएको छ। जसमा आज अर्को व्यवस्था गरेर दुबई पठाउने तयारी गरेको वायुसेवाले दिइएको छ। छुटेका यात्रुहरूमध्ये अधिकांस वैदेशिक रोजगारीका लागि दुबई जान लागेका युवाहरू छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...