News Portal

बिदेशी मिडियामा दुर्गा प्रसाई, प्रहरीले बल प्रयोग गरेको समाचारको चर्चा

हिमालीसंचार संवाददाता
३४७ पटक

काठमाडौं। समय समयमा आफ्नो बयानका कारण विवादमा परिरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अहिले राजा र हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका छन्।

कुनै बेला उनी नेकपा एमालेका केन्द्रीय सदस्य थिए। सार्वजनिक कार्यक्रमहरूमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई “हजुरबुवा” को नाता लगाउँदै बोलिरहेका हुन्थे। उनी कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकट थिए।

तर केही महिनादेखि प्रसाईँले एमाले नेतृत्वको चर्को आलोचना गर्दै आएका छन्। विभिन्न माध्यमबाट उनले एमाले र उक्त दलका अध्यक्ष ओली एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

अहिले भने उनी प्रखर गणतन्त्रविरोधी बनेका र हिन्दूराष्ट्र तथा राजतन्त्रको पक्षमा लागेका देखिन्छन्। उनले मंसिर ७ गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन्।

उनको प्रदर्शनलाई विदेशी संचारमाध्यमले पनि विशेष महत्व दिएर समाचार सम्प्रेषण गरिरहेका छन्। एपी न्युजले नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै हजारौं प्रदर्शनकारीले प्रहरीसँग झडप गरेको कुरा उल्लेख गरेको छ।

यस्तै, रोयटर्सले पनि राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुविरुद्ध नेपाल प्रहरीले बल प्रयोग गरेको कुरा लेखेको छ।

भारतीय सञ्चारमाध्यमहरुले पनि सुरुदेखि नै पसाईको समाचार सम्प्रेषण गरिरहेका छन्। रुसी, टर्किस मिडियामा पनि प्रसाईँको आन्दोलनले स्थान पाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...