News Portal

नेपालमा राजतन्त्र हुनै सक्दैन : केपी ओली

हिमालीसंचार संवाददाता
३६९ पटक

काठमाण्डाै। नेकपा एमालेका अध्यक्ष केपी शर्माले राजतन्त्र नेपालीले वाक्क, दिक्क भएर फ्याँकेको भन्दै फेरि फर्कन नसक्ने दाबी गर्नुभएकाे छ।

आज शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गर्नुभयो।

उहाँले भन्नुभयो, ‘नेपालीले हेर्दाहेर्दा वाक्क, व्याक्क, दिक्क भएर १५ वर्षअघि नै राजतन्त्र फ्याँकेका हुन्। राजनीतिक रूपले, वैचारिक रूपले, सैद्धान्तिक रूपले, कुनै हिसाबले पनि नेपालमा राजतन्त्र हुनै सक्दैन। चेतना नै नभएकाहरूले राजतन्त्र मान्छन्। नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने पनि चेतना हाे र ? त्यो त मुर्खता हो नि। कतिपय देशहरूले विभिन्न सम्झाैताका कारणले राजतन्त्र मानेका छन्। हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपालीले फालेका हुन्। राजाले केही पनि गरेनन्। राजा भएर बस्ने, दुनियाँलाई दुःख दिने बाहेक के गरेँ राजाले ?’

अध्यक्ष ओलीले बल्खुमा हिजाे भएको प्रदर्शनमा पाँच/सात हजार मान्छे भन्दै वर्तमान सरकार त्यसबाट थर्कमान भएको बताउनुभयो। कुनै जग नभएकाहरूको प्रदर्शनबाट पनि वर्तमान सरकार थर्कमान भएको उहाँको भनाई थियो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...