News Portal

  • गणतन्त्रमाथि दुर्गा प्रसाईले बोले धावा: सिंहदरबार र संसद कब्जा गर्ने गरे घोषणा!

    हिमालीसंचार संवाददाता
    १५२ पटक

    काठमाडौं – “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान” नारा सहित बल्खु प्रदर्शनमा एकाएक अशान्ति मच्चिन पुगेको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वान भएको उक्त प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि बिहीबार दिनभर प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडप भएको थियो।

    राजधानीको विभिन्न स्थानबाट र्‍यालीसहित तोकिएको स्थान बल्खुमा केन्द्रित भेलामा प्रदर्शनकारीहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेपनि प्रसाईं आएर आक्रामक भाषण दिएसंगै एकाएक माहौल खलबलिन पुगेको थियो।  

    उपस्थित प्रदर्शनकारीहरुले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि दुई पक्षीय झडपको अवस्था बनेको बताइएको छ । प्रदर्शनकारीहरुले सिंहदरबार घेर्ने भन्दै प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ अघि बढ्न खोजेपछि दिउँसो एकाएक झडपको अवस्था निम्तिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीलाई प्रदर्शनकारीले ढुङ्गा प्रहार गरे भने प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेर अवस्थालाई नियन्त्रण लिने प्रयास गरिरहेका थिए। यो अवस्था पटक पटक निम्तिँदा अपराह्नसम्म बल्खु क्षेत्र तनावपूर्ण बन्न पुगेको हो ।  सो क्रममा प्रहरी र प्रदर्शनकारी केही घाइते भएको भएपनि यो समाचार तयार पार्दासम्म आधिकारिक रूपमा विस्तृत विवरणहरू प्राप्त हुन सकेको छैन । प्रहरीले घटनामा भएको विवरण संकलनमै रहेको प्रारम्भिक प्रतिक्रिया दिएको छ।  

    दिउँसो १ बजेपछि दलबलसहित बल्खु पुगेका प्रसाईंले सम्बोधनका क्रममा आक्रामक अभिव्यक्ति दिए । उनले प्रदर्शनकारीलाई उत्तेजित बनाउँदै वर्तमान व्यवस्थाको तेजोबोध गर्ने प्रयास गरे । सुरुमै उनले देशमा बस्ने वातावरण नभएको भन्दै दसैँको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको यथार्थ प्रस्तुत गरे । उनले भने , ‘हामीले रुँदै झोला बोकेर दसैको अष्टमीको दिन देश छोड्नु परेको छ । म यसको अन्त्य गर्न चाहन्छु । म त्यसै बोलेको होइन, मभित्र ठुलो पीडा छ ।’

    म दुर्गा मातालाई साक्षी राखेर यहाँ आएको भन्दै मर्न तयार रहेको तर नभाग्ने बताए । ‘दुर्गा मातालाई साक्षी राखेर म तपाईँहरुको अगाडि मर्न आएको छु । म मर्न तयार छु । म भाग्न छैन’, प्रदर्शनकारीलाई उकास्दै उनले भने, ‘म भाग्दिनँ । तपाईँहरुका छोराछोरीलाई यो देशमा फर्काएर यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ ।’

    उनले संघीयता नचाहिने भन्दै आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । उनले नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका,लण्डनलगायतका देशमा लगानी रहेको दाबी गर्दै भने, ‘हाम्रो देश त्यसै टाट पल्टेको होइन । म प्रचण्डलाई राम्ररी चिन्दछु । तपाई सरेन्डर गर्नुस्, जनताकहाँ आउनुस् ।’

    उनले एमाले अध्यक्ष केपी ओलीको पनि कडा आलोचना गरे । एमालेले युवा संघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको संगीन आरोप समेत लगाए ।  उनले  ‘यही काण्ड राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’ भन्दै कटाक्ष समेत गरे ।  

    उनले नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउनेसम्मको अराजक अभिव्यक्ति दिए । उनले बोल्दा आन्दोलनकारीहरूले चर्को नाराबाजी गर्दै अघि बढ्न थालेपछि माहौल बिग्रिन सुरु भइसकेको थियो । यतिमात्रै नभई उनले सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्नेसम्मको अभिव्यक्ति दिए । यस्तै उनले देश नै ठप्प बनाउनेसम्मको पनि दिन पछि परेनन् । उनले आजदेखि गणतन्त्र सकिएको र जनताको तन्त्र आउने अभिव्यक्ति दिएर माहोललाई थप उत्तेजित बनाउने प्रयास गरेका थिए । 

    सिंगो लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोलेका उनले र उनका समर्थकहरूको अभिव्यक्ति र व्यवहार समाजलाई भड्काउने र वितृष्णा फैलाउँदै अराजकतातर्फ धकेल्ने खालको भएको परिवर्तनकारी शक्तिहरूको बुझाइ छ। त्यसमाथि आन्दोलन मियो बिनाको दाइँजस्तो बन्दा उनले आफैले बोल्दासमेत होहल्ला र नाराबाजी भएपछि उनी भाषण छोट्याउन बाध्य भएका थिए ।  

    तर, उनले आफू नेतृत्व गरेको आन्दोलन सुरुवातमात्रै भएको भन्दै निरन्तर जारी रहने चेतावनी समेत दिन छाडेनन् ।  एकातिर उनले पक्ष आक्रामक बनिरहने र सरकार मौन बसि त्यस्ता गतिविधिलाई छुट दिइरहने हो भने विधिको शासन, संविधान थप कमजोर र निष्क्रिय बन्ने खतरा नहोला भन्न सकिन्न । उनको भनाई थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...