News Portal

दुर्गा प्रसाईंलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रचण्डलाई बिन्ती बिसाएको छैन : केपी ओली

हिमालीसंचार संवाददाता
२६० पटक

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुर्गा प्रसाईंलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बिन्ती नबिसाएको बताएका छन्।

सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। प्रसाईंलाई पक्राउ गर्न ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको सन्दर्भमा उनले आफ्नो शीर काटिए पनि प्रचण्डसँग नझुक्ने बताए।

‘प्रचण्डलाई गएर मैले दुर्गा प्रसाईंलाई गिरफ्तार गरिदिनुपर्‍यो भनेर बिन्ती बिसाएँ रे! काटिएर जाओस् यो शीर बरु तर त्यस्ताहरुसँग यो शीर झुक्दैन। भोकै मर्छ बरु, घाँसका त्यान्द्रा टिप्न बाघ जाँदैन,’ उनले भने।

दसैँअघि प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको दाबी गरेका थिए। पार्टी कार्यक्रमका लागि सोमबार पोखरा पुगेका अध्यक्ष ओलीले आफूमाथि निराधार आरोप लगाएको बताउँदै पुष्टि गर्न चुनौती दिए। उनले आफ्नो लगानी रहेको पुष्टि गर्नेलाई थप एक हजार बक्सिस दिने घोषणा गरे।

ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस् धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु। एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो।’

आफूमाथि विगतमा पनि यस्ता नचाहिँदो आरोप लगाइने गरेको उल्लेख गर्दै ओलीले आरोप लगाउनेहरुलाई ‘भुस्याहा कुकुर’को संज्ञा दिए।

आफूविरुद्ध भारतीय मिडियाले गरेको कुप्रचारलाई मसला बनाइएको उल्लेख गरे। ओलीले आफू र श्रीमतीको नामको सबै सम्पत्ति राष्ट्रका नाममा दान गरिसकेको दाबी गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...