News Portal

  • दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि एमालेको दबाब

    हिमालीसंचार संवाददाता
    ४८० पटक

    काठमाडौँ। नेकपा एमाले व्यवसायी दुर्गा प्रसाईंप्रति आक्रामक बनेको छ। एमालेको केन्द्रीय सदस्य त्याग गरेर राजावादी अभियान थालेका प्रसाईंका गतिविधिमाथि नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल एमालेले सरकारलाई दबाब दिन थालेको हो।

    एमाले छाडेर ऋण नतिर्ने र राजतन्त्र पुनःस्थापना गर्ने अभियान थालेपछि प्रसाईं र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्त सम्बन्ध रहँदै आएको छ।

    पार्टीमा रहँदा आफूलाई ‘हजुर बुबा’ भनेर सम्बोधन गर्ने प्रसाईंका गतिविधिलाई भने रोक लगाउनुपर्ने माग अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका हुन्।

    शुक्रबार सिंहदरबारमा भएको भेटमा ओलीले दुर्गा प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्वलाई सहयोग गरेको’ भन्दै उनलाई नियन्त्रणमा लिन ओलीले माग गरेको बालुवाटार स्रोतले जानकारी दियो। ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनका गतिविधि परिवर्तन विरोधी छन्। गणतन्त्रलाई चुनौती दिइरहेको छ। सरकार चुप लागेर बस्नु हुँदैन। यस्ता गतिविधि नियन्त्रण गर्न ध्यान दिनुहोस्।’

    प्रसाईंका गतिविधि नियन्त्रणका लागि ओलीले गरेको आग्रहबारे प्रधानमन्त्री दाहालले आइतबार बिहान बालुवाटार पुगेका माओवादीका केही नेताहरुलाई जानकारी दिएका छन्।

    पार्टी पदाधिकारीको अनौपचारिक बैठकपछि सीमित नेताहरुसँग दाहालले ओलीको दबाब जानकारी दिँदै भने, ‘प्रसाईंका गतिविधि नियन्त्रण गर्नुपर्‍यो भन्ने कुरा ओलीजीले गर्नुभएको छ।’

    प्रसाईंलाई युवासंघले काठमाडौँमा कालोमासे दलेपछि प्रतिक्रियास्वरुप उनले झापामा आयोजित युवासंघको कार्यक्रममा पुगेका गाडी तोडफोड गरेका थिए। असोज २५ गते झापामा आयोजित युवासंघको कार्यक्रमा प्रसाईं समर्थकले २५ भन्दा बढी गाडी तोडफोड गरे। उक्त कार्यक्रममा एमाले नेता महेश बस्नेत पनि सहभागी थिए।

    दसैँअघि प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको आरोप लगाएका छन्। प्रसाईंको उक्त आरोपपछि ओली उनीप्रति थप आक्रामक बनेका हुन्। प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्।

    माओवादी पृष्ठभूमिका प्रसाईं २०७५ मा एमाले र माओवादी एकतापछि बनेको नेकपाकालमा ओली–दाहाल दुवैका प्रिय थिए। उनले दुई नेतालाई सँगै राखेर खाना खुवाएपछि ‘मार्सी’ नामले चर्चित भएका थिए।
    तस्बिर: देशसञ्चार।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ५ गतेको राशिफल

    आज मंसिर ५, २०८२ (नोभेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...