News Portal

कोशी विद्रोहमा शेखरले शशांकको साथ खोजेपछि…

हिमालीसंचार संवाददाता
३४२ पटक

काठमाडौँ। कोशी प्रदेशको सरकार निर्माणका बेलाको विद्रोहमा नेता शेखर कोइरालाले पूर्व महामन्त्री शशांक कोइरालाको साथ खोजेका पाइएको छ। कोशी प्रकरणले संस्थापन इतर पक्षमा एक्लिएका शेखरले शशांक कोइरालाको साथ खोजेका पाइएको हो।

असोज २५ गते कांग्रेस सांसद दीपक खड्का र सुनिल शर्माको पहलमा शेखर र शशांकबीच भेटवार्ता गराइएको थियो। कोशी प्रदेशका विषयमा सांसद खड्काको निवासमा असोज २५ को साँझ भेटवार्ता भएको थियो। सोही दिन दिउँसो शेखर पक्षीय कोशी प्रदेशसभा सदस्य केदार कार्कीले पार्टी निर्णय विपरीत नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि शेखर पक्षी केदारले पार्टीका ८ सांसदसहित एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए। केदारको उक्त कदमबारे संस्थापन इतर पक्षकै पदाधिकारीको समर्थन थिएन र छैन।

महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरू दिलेन्द्र बडू, हृदयराम थानी, गुरुराज घिमिरेलगायतले कोशीमा शेखरले गराएको विद्रोहमा असहमति राखेका छन्। शेखरले संस्थापन इतर समूहमा छलफल नै नगरी अगाडि बढेको उनीहरूको गुनासो छ। महामन्त्री गगन थापाले शेखरसँग पछिल्लो एक महिनासम्म कुनै संवाद नभएको बताएका छन।

बिहीबार एक कार्यक्रममा उनले भने, ‘वरिष्ठ नेता (शेखर कोइराला)सँग मेरो एक महिना यता छलफल भएको छैन। भेट भयो भने कोशी प्रदेशबारे कुरा गरौँला।’ पार्टीमा संस्थागत निर्णय नगरी एमालेसँग मिलेर शेखरले गल्ती गरेको महामन्त्री थापाको भनाइ छ।

शेखरले पनि महामन्त्री थापालगायतसँग छलफल नभएको स्वीकार गरेका थिए। ‘सबै कुरा बाहिर ल्यायो भने काम हुँदैन। त्यो पनि बुझ्नुपर्छ। कतिपयलाई कुरा बताएँ, कतिपयलाई कुरा बताइन। तर, उहाँहरूले के सोच्नुभयो थाहा छैन,’ शेखरको भनाइ थियो। गृह प्रदेश कोशीमा पार्टीका सबै नेताहरु आफूविरुद्ध लागेको उनको गुनासो छ।

कोशी प्रदेश प्रकरणले गगनसँग दरार ल्याएको अवस्थामा शेखरले शशांकसँगको साथ खोजेका थिए। सङ्खुवासभाको जिल्ला सभापतिबाट राजीनामा दिएका खड्का कोशी प्रकरणपछि शेखरसँग नजिक हुन पुगेका छन्। उनले शशांकलाई शेखरसँग जोड्ने प्रयास गरेका थिए। शशांक भने शेखरसँग सहकार्य गर्ने कुरामा सकारात्मक छैनन्। त्यसको संकेत उनले असोज २६ गते राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा दिएका थिए।

शेखरसँग भेटवार्ता गरेको २४ घण्टा नबित्दै शशांकले पार्टीमा सबै अनुशासनमा बस्नुपर्ने बताएका थिए। ‘पार्टीले संस्थागत रूपमा निर्णय गर्ने अभ्यास गर्नुपर्छ, कोशी प्रदेशका विषयमा केन्द्रमा सभापति शेरबहादुर देउवा र शेखर दाइ दुबैले राम्रो गर्नु भएन। कोशी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरेमा उहाँ उभिनुहुँदैन थियो,’ शशांकको भनाइ थियो।

शशांक निकटहरूले शेखर कोइरालासँगको सहकार्य लाभदायी नहुने बताउने गरेका छन्। शशांक निकट स्रोतले भन्यो, ‘उहाँ (शेखर)सँग सहकार्य गर्दा त्यहाँ हामी दोस्रो दर्जाको हुने हो। दोस्रो दर्जाको हुन किन सहकार्य गर्ने ? अहिले डाक्टरसाप सबैसँग समदुरीमा बस्ने रणनीतिमा हुनुहुन्छ।’

स्रोतका अनुसार सांसद सुनिल शर्मा र दीपक खड्काले शशांकलाई झुक्याएर शेखरसँग भेट गराएपनि त्यसको कुनै अर्थ नभएको छैन। १५ औं महाधिवेशनमा सभापतिको लागि देश दौडाहा जाने शशांकको तयारी छ। पार्टीको महासमिति बैठकपछि ७७ वटै जिल्ला पुग्ने शशांशको कार्यक्रम छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...