News Portal

कोशीका मुख्यमन्त्री कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने

हिमालीसंचार संवाददाता
३१५ पटक

विराटनगर/मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभालाई सोमबार दिएका छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेश सभालाई सूचना दिनुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्था रहेको छ। यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ।

मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्। नेपाली कांग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई नेकपा एमालेले समर्थन गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...