News Portal

पृथ्वीनारायण शाहको भूमिकालाई कसैले अस्वीकार गर्न सक्दैन : जनार्दन शर्मा

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौँ। माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेपाल एकीकरणमा राजा पृथ्वीनारायण शाहको भूमिका महान् रहेको बताएका छन्। शाहको भूमिकालाई कुनै नेपालीले पनि अस्वीकार गर्न नसक्ने उनले बताएका हुन्।

‘पृथ्वीनारायण शाह, जसले नेपालको एकीकरणमा भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको छ। उनको भूमिका कुनै नेपालीले पनि अस्वीकार गर्न सक्दैन सबैले उहाँको सम्मान गर्नेछन्। पृथ्वीनारायण जस्ता राजा अन्य भएको भए। विसे नगर्चीलाई गुरु मान्ने राजा अन्य भइदिएको भए सायद राजतन्त्रले निरन्तरता पाउन सक्थ्यो’, उनले भने।

यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै नेपालीको समान हक रहेको उनले बताए। सबै नेपालीको बराबर हक लाग्ने भएकाले कसैको विशेषाधिकार नचल्ने जिकिर गरे। यसमा कुनै नेता, प्रधानमन्त्री वा राष्ट्रपतिको विशेषाधिकार रहेको बताए आफूलाई मान्य नहुने उनले बताए।

‘लोकतन्त्रमा विशेषाधिकार कसैको छैन। कसैले त्यस्तो बताए हामीलाई मान्य छैन’, उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र सबै नेपालको बराबर हक लग्छ।’ सामाजिक न्याय, सुशासन र समृद्धिसहितको समाज निर्माणका लागि माओवादी निरन्तर अभियानमा लाग्ने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...