News Portal

केपी ओलीलाई भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की

हिमालीसंचार संवाददाता
२९० पटक

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन ओली निवास बालकोट पुगेका छन्।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री भएको भोलिपल्ट ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ​ शनिवार काठमाडौं आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका थिए।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने छन्।

कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...