News Portal

केपी ओलीलाई भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की

हिमालीसंचार संवाददाता
२४० पटक

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन ओली निवास बालकोट पुगेका छन्।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री भएको भोलिपल्ट ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ​ शनिवार काठमाडौं आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका थिए।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने छन्।

कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...