News Portal

नेपाली कांग्रेसलाई अन्य पार्टीकरण हुन दिन्नौं: गगन थापा

हिमालीसंचार संवाददाता
२७६ पटक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसलाई विशेष गरेर माओवादी र एमालेकरण हुन नदिइने बताएका छन्।

शुक्रबार नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रेसलाई कांग्रेसजस्तै बनाइने बताएका हुन् । कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमतर्फ संकेत गर्दै थापाले कांग्रेसलाई एमाले वा माओवादीकरण हुन नदिइने बताएका हुन्।

कोशीमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका इन्द्र आङ्बोले र कांग्रेसबाट नेता शेखर कोइरालानिकट केदार कार्कीले एमालेसहितको समर्थनमा मुख्यमन्त्रीमा बिहीबार दाबी पेश गरेका थिए। महामन्त्री थापाले कांग्रेसलाई विगतको जस्तो बलियो बनाइने बताएका छन्।

‘कांग्रेस पार्टीलाई माओवादी र एमालेकरण हुन नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो,’ महामन्त्री थापाले भने, ‘कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौं।’ उनको भनाई थियो। महामन्त्री थापाले आफूलाई केन्द्रमा राखेर राजनीति नगरिएको पनि बताएका थिए।

‘कांग्रेसको महामन्त्री हुने कुरा नै मजस्तो सामान्य परिवारमा जन्मेको मानिसका लागि ठूलो सम्मान हो,’ थापाले भने, ‘साथीहरू भन्नुहुन्छ- यसभन्दा माथि पार्टीको जिम्मेवारी के हुने? त्यो कुरा छाडिदिनुस्। सबै गौण कुरा हुन्।’

उनले २०८२ सालमा हुने पार्टीको १५औं महाधिवेशनसम्म कांग्रेसलाई कांग्रेसजस्तै बनाइने बताए। आफूमाथि कहिलेकाहीँ पार्टीभित्रै घेराबन्दी हुने गरेको उनले बताए। ‘घेराबन्दीमा परे पनि केही हुन्न,’ उनले भने, ‘केन्द्रीय समिति बैठकमा एक्लै परिन्छ कहिलेकाहीँ। आफ्नै साथीले पनि साथ छोड्छन्, तर केही छैन पार्टीलाई विधिसम्मत चलाउने हो।’ उनले अबको चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने उनको धारणा रहेको थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...