News Portal

वाइसीएल नेपाल ललितपुरले बि’बोईङ्ग डान्स स्पोर्ट्स प्रतियोगिता संगैं ७औं वार्षिकोत्सव मनाए

हिमालीसंचार संवाददाता
८०९ पटक

ललितपुर – ब्याटल फ्युजन क्रुले आफ्नो ७औं वार्षिकोत्सव ललितपुरको नखिपोट स्थित किरात याक्थुङ चुम्लुङ हलमा भव्यता कार्यक्रमको आयोजना गरि सप्पन्न गरेको छ ।

आयोजित कार्यक्रममा ब्याटल फ्युजन क्रुका संस्थापक तथा स्टार आर्ट नेपालका अध्यक्ष आईते तामाङको सभापतित्व तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य राजकाजी महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्क्रम सम्पन्नभएको हो ।

आयोजित कार्यक्रम बडो उत्साहजनक सहभागिताका साथ आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालिका आर्थिक विकास समिति संयोजक तथा ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनाका अध्यक्ष रबिन्द्र महर्जन, महाकाँल गाउँपालिका ललितपुरका उपमेयर ललिता गोले (डोल्मा), अखिल नेपाल खेलकुद महासंघ ललितपुरका अध्यक्ष बिमल कुमार अछामी, खेलकूद विकास समिति ललितपुरका सदस्य कवि मालाकार, सामाजिक अभियान्ता, बुद्धिजीवी एवम् पत्रकारहरुलगायतको बाक्लो उपस्थिति रहेको थियो । 

लेट्स ग्रूभ वोलुम 7 नामक बि बोईङ्ग खेल प्रतियोगितामा 3 on 3, 7 to smoke बि गर्ल, 7 to smoke बि बोय र ओपन स्टाईल क्याटगोरिज राखिएको थियो । जसमा भारत, भुटान लगायतका देशबाट उल्लेख्य खेलाडीहरुको सहभागिता संगै जर्मनीबाट निर्णायकको भुमिकामा बि बोय रुफि र नेपालबाट ब्याटल फ्युजको प्रतिनिधित्व गर्दै बि गर्ल फेथ अनि बि बोय स्पाईकले गरेका थिए ।

प्रतियोगितामा 3 on 3 को बिजेतामा नेपालबाट एभरेस्ट क्रु, फर्स्ट रनर अप गुड भाईब ट्राईब, 7 to smoke बि गर्लमा भारतबाट बि गर्ल अन्जलि, 7 to smoke बि बोयमा भुटानबाट बि बोय सोउल र ओपन स्टाईल क्याटगोरिजमा भारतबाट अनिश सिंह बिजेता बनेका थिए। 

बिजेता खेलाडीहरुले नगद राशी संगै ट्रफी, मेडल, प्रमानपत्र र आकर्षक गिफ्ट ह्याम्फरहरु प्राप्त गरे । उक्त प्रतियोगिताका बारेमा कुराकानी गर्ने क्रममा ब्याटल फ्युजन क्रुका क्याप्टेन तथा यस कार्यक्रमको बि-बोयिङ्ग खेलका संयोजक बि बोय शिखर सुब्बाले   जानकारी गराए ।

यस प्रतियोगिता सम्पन्न गर्नको लागि स्टार आर्ट नेपालको सहकार्यमा विभिन्न संघ संस्था, ख्याति प्राप्त ब्यक्तित्व, हिपहप कम्युनिटीबाट साथ र सपोर्ट साथै वाईसीएल नेपाल ललितपुर जिल्ला कमिटीको प्रमुख महत्वपूर्ण भुमिका रहेको थियो ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...