News Portal

वैज्ञानिक समाजवाद निर्माण अभियानले ताम्सासालिङ नेवा प्रदेश कमिटी गठन​ गर्यो

हिमालीसंचार संवाददाता/आशकुमार राई
६५० पटक

काठमाडौं – वैज्ञानिक समाजवाद निर्माण अभियानको ताम्सालिङ नेवा प्रदेश कमिटी गठन गरिएको छ​।

यहिँ असोज २० गते वैज्ञानिक समाजवाद निर्माण अभियान ताम्सालिङ नेवा प्रदेशका ईन्चार्ज फलमसिंह तामाङ​,”हेम” सह-ईन्चार्ज राजकुमार तामाङ र वैज्ञानिक समाजवाद निर्माण अभियानका केन्द्रिय संयोजक रमेश सुनुवारको विशेष उपस्थितिमा दावा तामाङको नेतृत्वमा १६ सदस्य ताम्सालिङ नेवा प्रदेश कमिटी गठन गरेका हुन्। 

काठमाडौंको मध्य बानेश्वरमा भ​एको उक्त ताम्सालिङ नेवा प्रदेश कमिटिको भेलाले  दावा तामाङ -अध्यक्ष, राजकुमार माझि- उपाध्यक्ष, केबि तामाङ​- सचिव, अक्कल तामाङ-सह​-सचिव, मिना तामाङ – कोषाध्यक्ष र सदस्यहरुमा सबिन श्रेष्ठ, ललित सुनुवार, कान्छाराम तामाङ, सन्जिब तामाङ, सुर्य बहादुर तामाङ, अर्जुन तामाङ, पदम तामङ र सुरज सुनुवारलाई सदस्यको जिम्मेवारि तोकेको छ​। 

एकात्मक राज्यब्याबस्थाको पुरानो बिभेदकारी राजनीतिक मुल्यहरुलाई भत्काउँदै नयाँ सामाजिक ब्यावस्थाको निम्ति सबै उत्पिडीत वर्ग र समुदायहरुले आफ्नो राजनीतिक​, साँस्कृतिक तथा पहिचानको निम्ति चसेतताको साथ सबै उत्पिडीत पक्षहरु एकताबद्ध हुँदै हस्तक्षेपकारी राजनीतिक लडाई गर्नु पर्ने समय आएको कुरा भेलाको प्रमुख अतिथि तथा अभियानका संयोजक रमेश सुनुवारले बताए। 

उक्त भेलामा केन्द्रिय सदस्य राजकुमार श्रेष्ठ र भाई किरातीले पहिचान र समाजबादको बारेमा सबै पहिचान पक्षधरहरुसंग अरु घनिघुत छलफल चलाउँदै बलियो राजनीतिक शक्ति निर्माण गरेर आन्दोलनलाई नयाँ उचाईमा उठाउनु पर्ने धारणा राखेका थिए।  वैज्ञानिक समाजवाद निर्माण अभियान अहिले देशभक्त समाजवादी मोर्चामा आबद्ध रहेको छ। ​

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...