News Portal

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह विजयी

अप्सरा विष्ट
४०९ पटक

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ। मतगणना सकिएसँगै नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न भएको हो। मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो भने २४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।

प्रथम अधिवेशनमा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित भएका छन्। उनले ३६९ मत ल्याउँदै विजय हासिल गरे। अध्यक्षका निकटतम प्रतिस्पर्धी कालीकाेटका मीन बहादुर शाही र प्रकाश राेकायलाई हराउँदै उनी निर्वाचित भए। शाहीले २०७ मत ल्याए भने रोकायले ४ मत प्राप्त गरे।

त्यस्तै, उपाध्यक्षमा टेकराज पछाईले २४२ मतसहित निर्वाचित बने भने लाल बहादुर महताराले १७६ मत ल्याउँदा दानसिंह परिवार ५९ मतमा सीमित भए।

त्यस्तै, सचिवमा ध्रुव बहादुर शाही ४०६ मतले विजयी हुँदा रूद्र बहादुर शाहीले १६९ मत ल्याएका छन्। त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मतले विजेता बन्न सफल भए भने रमेश वहादुर शाहीले २६६ मत ल्याए। त्यस्तै, पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...