News Portal

एमाले कोशी प्रदेशमा रातभरि मतदान, मत गणना आज १ बजेपछि हुने

हिमालीसंचार संवाददाता
३०० पटक

रविन्द्र बराल/विराटनगर – नेकपा एमाले कोशी अधिवेशनमा नयाँ नेतृत्वका लागि ९ सय ७७ मतदान गरेका छन्। आइतबार रातभर चलेको मतदानमा ९९७ मध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन समिति सयोजक  चुडामणि आचार्यले बताए।

आइतबार राति १० बजेदेखि सुरू भएको मतदान सोमबार विहान ५ बजे सकिएको थियो। आज दिउँसो १ बजेदेखि गणनाको तयारी गरिएको छ समेत संयोजक आचार्यले जानकारी दिए। 

निर्धारित समयभन्दा झन्डै ११ घण्टा ढिलो शुरु भएको उक्त कार्यक्रम नेकपा एमाले कोशी प्रदेश अधिवेशनको लागि मतदान सुरू भएको थियो। ५ सय जना पदाधिकारीसहित २१५ सदस्यीय समितिमा त्यस्तै, ४ सय ५० जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका छन।

कोशी प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा रहेका छन्। उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्। त्यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा गरेका छन् ।

त्यस्तै, उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान  राई प्रतिस्पर्धा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...