News Portal

प्रदेश नं. १ का मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने नेपाली कांग्रेस संसदीय दलको निर्णय

हिमालीसंचार संवाददाता
४६२ पटक

रविन्द्र बराल/विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको छ।

शुक्रबार संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको दलका उपनेता हिमाल कार्कीले बताए । सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री कार्कीलाई भदौ २२ गते मुख्यमन्त्री नियुक्त गरेको थियो। 

मुख्यमन्त्री कार्कीले असोज २० गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको सिफारिसमा असोज १७ गते बुधबार १ बजेको लागि प्रदेश सभाको चौथो अधिवेशन आह्वान समेत गरेका छन्।  

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...