आज : २०२६-०६-०७, आइतबार

प्रश्न छ तिमीलाई….?

यात्राको जंघार तर्न गार्हो भएको बेला
आँशुको संघार नाघ्न सार्हो भएको बेला

प्रेमको फुल दिई पिठीउमा छुरा हानेको बेला
जिउदो लाशलाई आगोले पोल्न लागेको बेला

थाहाँ थिएन मलाई मृत्युको घरमा जादैछु भनी
थाहाँ थिएन मलाई आफ्नैले जाल रच्दैछ भनी

तिमीले त घात गरेउ तर उस्ले किन चोट दियो
तिमीले त आशु दिएउ तर उस्ले किन बिष दियो

सोध्न मन छ मलाई घात र चोटको मुल्य … ?
बुझ्न मन छ मलाई आशु र बिषको मुल्य ..??

कतै मुल्य भनी दिए तिर्न सक्छु की…..?
कतै मुल्य बुझ्न दिए तिर्न सक्छु की..??

– एलिशा सुच्चा राई
काठमाडौं, हाल: लण्डन।

यो पनि पढ्नुहोस्।

नारी मुक्ति – एलिशा सुच्चा राई