मेटी सकेका मेरा मौन उदगार बोल्न खोज्छन कही शुन्यतामा
सुकी सकेका मेरा आशु उर्लन खोज्छन दुखीहरूको बेदनामा,
यता हेर्छु, उता हेर्छु बेहाल छ दूनिया चिचाहट र कोलाहल छ
सात महिने बालिका देखी सत्तरी वर्से आमा बलाकृत भएको छ,
सुन सुन ए सारा दुनिया हो के ट्वाल्ल परी नाटक हेरी बस्छौ
जूट एक भई जुट अन्धकारको बादललाई हटाउन सक्छौ,
आवाज़ लिएर बन्दी गृहबाट उठी अत्याचारीको घाटी निमोटौ
शून्यतामा हराउने ए शून्य पूजक हो एक भई अब हामी जुटौ,
अन्याय र अत्याचारको लागि लड़नलाई कहिले पनी नझुक
नारी मुक्तिको लागि एक भई उठ बिजयको ठूलो बिगुल फुक।।
एलिशा सुच्चा राई
– काठमाडौं, हाल: लण्डन।
यो पनि पढ्नुहोस्।