News Portal

प्रवासी नेपाली मन्च कुवेतले गर्यो सुवास नेम्वाङको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम

हिमालीसंचार संवाददाता
३४७ पटक

कुबेत सिटी, कुवेत। नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च कुवेतद्वारा संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम हिजो १९ सेप्टेम्बर २०२३ को दिन कुवेतको फर्वानियास्थित एभरेस्ट नेपाली होटेलमा प्रवासी नेपाली मंच मध्यपूर्व सह संयोजक रबि बन्जाडेको प्रमुख अतिथ्यता सम्पन्न गरेको छ।

मन्च कुवेतका अध्यक्ष राजकुमार थापाको सभापतित्व र प्रवासि नेपाली मंच मध्यपूर्व सह संयोजक रबि बन्जाडेको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा, प्रबासी नेपाली एकता मञ्च कुवेतका अध्यक्ष युवराज गैरे, नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुबेतका अध्यक्ष नवराज पन्थीलगायतको आतिथ्यता रहेका थियाे। कार्यक्रममा स्वर्गीय नेम्वाङको सम्झनामा एक मिनेट मौनधारण गरिनुका साथै उहाँको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो।

नेपालको राजनीतिमा उहाँको शालीन स्वभाव, मिलनसार र नम्र बोली चालीले जो कसैलाई पनि प्रभावित पार्ने गरेको थियो। २०६४ साल देखि ०७२ साल सम्म दुईपटक संविधानसभाबाट संविधान बनाउने जटिल काममा उहाँले नेतृत्व गर्नुभयो। हाल उहाँ इलाम क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भई पार्टी र संसदमा नरम नेताको रुपमा आफ्ना अभिव्यक्ति दिने गर्नु भएको थियो।

एमालेले एउटा सक्षम,बौद्धिक र प्रतिष्ठित नेता गुमाएको छ। भन्दै उहाँको मृत्युबाट एमाले पार्टीलाई ठूलो क्षति पुगेको उहाँले गर्नु भएको योगदानका बारेमा आ-आफनो भनाइ चर्चा गरेका थिए।

त्यस्तै मन्चका अध्यक्ष राजकुमार थापा,प्रमुख आतिथ्य रबि बन्जाडे,प्रबासी नेपाली एकता मञ्च कुवेतका अध्यक्ष युवराज गैरे, पत्रकार महासंघ कुबेतका अध्यक्ष नवराज पन्थी लगायतले यस दुःखद घडिमा शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्नुहुँदै दिवंगत आत्माको चीर शान्तिको कामना गर्नुभएको थियो भने, शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रमलाई प्रवासी नेपाली मन्च कुवेतका सचिब शंकर पौडेलले संचालन गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...