News Portal

अमेरिकामा ‘लुकेर बसेकी’ उपमेयर दन्ता नेपालीले भेटिन प्रधानमन्त्री प्रचण्ड

हिमालीसंचार संवाददाता
२०६ पटक

काठमाडौँ। एक कार्यक्रममा भाग लिन भनी अमेरिका गएपछि उतै पलायन भएकी कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक गरेकी छन्।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डसँग खिचेको तस्बिर दन्ताले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत छ। संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नु भएको छ’, क्याम्पसनमा उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरूलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। अमेरिकामा हार्दिक स्वागत। अमेरिकाको बसाइ सुखद रहोस्, हार्दिक शुभकामना!’

दन्ता २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयर बनेकी थिइन्। यसपछि उनी एक गोष्ठीमा भाग लिन भन्दै २०७६ कात्तिक पहिलो साता अमेरिका उडेकी थिइन्।

तर त्यसयता उनी सम्पर्कमा आइनन् भने सञ्चारमाध्यमले उपमेयर दन्ता अमेरिकामै लुकेर बसेको भनेर समाचार लेखेका थिए। त्यसपछि दन्ताले समाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफू बिरामी भएका कारण नेपाल फर्किन नसकेको र उपचारका लागि अझै पाँच महिना बस्नुपर्ने बताएकी थिइन्। तर, अहिलेसम्म उनी नेपाल फर्किएकी छैनन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...