News Portal

अमेरिकामा ‘लुकेर बसेकी’ उपमेयर दन्ता नेपालीले भेटिन प्रधानमन्त्री प्रचण्ड

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौँ। एक कार्यक्रममा भाग लिन भनी अमेरिका गएपछि उतै पलायन भएकी कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक गरेकी छन्।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डसँग खिचेको तस्बिर दन्ताले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत छ। संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नु भएको छ’, क्याम्पसनमा उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरूलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। अमेरिकामा हार्दिक स्वागत। अमेरिकाको बसाइ सुखद रहोस्, हार्दिक शुभकामना!’

दन्ता २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयर बनेकी थिइन्। यसपछि उनी एक गोष्ठीमा भाग लिन भन्दै २०७६ कात्तिक पहिलो साता अमेरिका उडेकी थिइन्।

तर त्यसयता उनी सम्पर्कमा आइनन् भने सञ्चारमाध्यमले उपमेयर दन्ता अमेरिकामै लुकेर बसेको भनेर समाचार लेखेका थिए। त्यसपछि दन्ताले समाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफू बिरामी भएका कारण नेपाल फर्किन नसकेको र उपचारका लागि अझै पाँच महिना बस्नुपर्ने बताएकी थिइन्। तर, अहिलेसम्म उनी नेपाल फर्किएकी छैनन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...