News Portal

तरूण दल केन्द्रिय सदस्य गुरूङले गराए नुवाकोटका सांसदलाई ध्यानाकर्षण

हिमालीसंचार संवाददाता
७९१ पटक

काठमाण्डौं। नुवाकोट जिल्लाको सबैभन्दा पुरानो सडक मार्ग बालाजु ककनी, ३५ किलो, बेलकोट हुँदै बिदुर जोड्ने सडक मार्गको जीर्ण अबस्था देखेर बिगतदेखि नै आवाज उठाउदै आईरहेका तरूण दल केन्द्रिय सदस्य संजीव गुरूङले नुवाकोटका संसद साथै जिम्मेवार प्रतिनिधिहरूलाई सडक खण्डको बिषयमा ध्यानाकर्षण गराएका छन्।

भारतको आरमाली इन्फ्रापावर लिमिटेड (आइपिएल) र सैलुङ कन्स्ट्रक्सनले संयुक्त रुपमा २०७१ जेठ २२ गते ठेक्का लिई २०७३ असार ३ मा सक्ने गरी ३१ करोड ४ लाख ४६ हजार रुपैयामा ठेक्का सम्झौता गरी सो रकमको १९ करोड २२ लाख रुपैया समेत भुक्तानी लिई ७ पटक सम्म म्याद थप गर्दा पनि बाटो सम्पन्न नगरी कारबाही प्रकृया अगाडी बढाई सो कम्पनी सँग ठेक्का रद्द भएको, यति हुँदै गर्दा आज पर्यटकीय गन्तव्य ककनी पुर्ण रुपमा कुरुप बन्दै गर्दा १० वर्षदेखी ककनीबासीले भोग्नु परेको पिडा कुनै निकायमा सम्बोधन नभएकोमा आज सोही बाटोलाई चुनाबी एजेण्डा बनाई २ पट‌कसम्म विभिन्न पार्टीका दलालहरुले आफ्नो स्वार्थ पुरा गर्दै गर्दा सोही ठाउँको स्थानिय बासीले १० वर्षसम्म भोगेको पिडा, व्यापारीहरु विस्थापीत भएको घर घडेरी बैंकको लिलामीको चपेटामा पर्दा सो विकास निर्माण राजनितिक दलहरुको मागि खाने भाडोको रुपमा विकास हुदै गर्दा राजनितिक दलमा आवद्द भएर पदको फाईदा लिने जगदिश्वर नरसिंह के सी, प्रकाशशरण महत, रमेश महत, हित बहादुर तामाङ्ग, राधिका तामाङ्ग, बद्री मैनाली, केशब पाण्डे, पुर्णलाल श्रेष्ठ लगायत धेरै अग्रजहरु मौन बस्दै ककनीबासीको मनोभावनामाथि खेल्ने काम भयो।

जो सत्तामा पुग्दा पनि मैले यति करोड हाले, यो मैले गरेको हो भनि जनताको आखाँमा छारो हाल्ने काम मात्र भयो। यति मात्र नभई सोही स्थानीय तहका नागरीकलाई पनि मेरो र तेरो भनी वर्गीकरण गरी आपसमा सद्भाव खलबलाउने काम भयो। यति हुदै गर्दा यस विषयमा जिम्मेवार कोही बनेन। मात्र भाषण, नारा, बिज्ञप्तिमा यो विकास सिमित रह्यो। जनताको सास्ति उस्तै रह्यो।

यो हुदै गर्दा आज नेपाल तरुण दल यस कार्य प्रति असन्तुष्टी जनाउदै यसको विरुद्धमा उत्रने निर्णय गरी पहिलो चरणमा नेताहरुको ध्यानाकर्षण गराउदै चर्को विरोधमा उत्रने चेतावनी सहित यो विज्ञप्ति प्रकाशित गर्दै यसलाई गलत बाटोबाट नहेर्न पनि अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...