आज : २०२६-०७-०९, बिहीबार

प्रवासी नेपाली एकता मञ्च कुवेतको अधिबेशन सेप्टेम्बर २९ हुने

कुवेत – नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको राष्ट्रिय अधिबेशन सेप्टेम्बर २९ तेस्रो गर्ने निर्णय गरेको अध्यक्ष युवराज गैरेले जानकारी दिए ।

महाधिवेशन सम्पन्न गर्न मञ्चले पार्टीका केन्द्रिय २ नेतालाई बोलाउने तयारी समेत छ। मञ्चले एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद साहको प्रमुख आतिथ्य र केन्द्रीय परिषद सदस्य तथा मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजालको विशेष आतिथ्यमा महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको हो

। प्रवासी नेपाली एकता मञ्च कुवेतको अधिबेशन हुने मिति समय स्थान यस प्रकार रहेको छ।

मिति = २९ सेप्टेम्बर 

समय= बिहान ११ बजे

स्थान = रिदम हल जिलिप