News Portal

  • बिश्वकै सर्बोत्कृष्ट समिति बन्दै नेपाली जनसम्पर्क समिति क्यानडा

    हिमालीसंचार संवाददाता
    ३२८ पटक

    क्यानडा। सन १९७६ जुन १३ को दिन जननायक बि.पी. कोइरालाको कर कमलबाट मुम्बईको महानगरीमा आछामका केएस रावलको नेतृत्वमा स्थापना भएको नेपाली जनसम्पर्क समिति भारतको उदयसंगै आजसम्म आईपुग्दा बिश्वका ४० भन्दा बढी राष्ट्रहरूमा स्थापना भईसकेको छ। यसरी बिदेशी भूमिमा पनि नेपाली कांग्रेसको निति र सिद्धान्तलाई सजीवता दिलाउनका लागि जनसम्पर्क समितिहरू स्थापना हुनु गौरवको कुरो हो।

    यसै जनसम्पर्क समितिहरूको माझ सन २०१३ मा स्थापना भएको जनसम्पर्क समिति क्यानाडाले पनि आज १०औं बर्ष पार गरी ११औं बर्षमा प्रवेश गरी रहेको छ। यस दौडानमा जनसम्पर्क समिति क्यानाडाले क्यानाडाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू माझ कसरी आफूलाई उभ्याउन सफल भयो भन्ने बिषयमा चर्चा गरौ।

    नेपाली जनसम्पर्क समिति क्यानाडा सन २०१३ मा संस्थापकको रुपमा बुद्धि प्रकाश वलीको संयोजकत्वमा स्थापना भएको जनसम्पर्क समिति क्यानडा आज सन २०२३ सम्म आईपुग्दा समेत बुद्धि प्रकाश वलीले नै सभापति भई संचालन गरी रहनु भएको छ। संस्था संचालन गर्न समय, आर्थिक र बौद्धिक ब्यक्तित्वको आबस्यकता हुने हुँदा जनसम्पर्क समिति क्यानडाले वलीलाई नै अगाडी बढाई रहेको छ।

    ४ कार्यकाल आफ्नै मातहातमा संचालन गर्ने वली बिगतमा नेपालमा ब्यबसाय एबम नेपाली कांग्रेस दाङ क्षेत्र न १ को बरीष्ठ सल्लाहकार रहेको बेला सोही समयमा माओबादीले उक्त क्षेत्रका आफ्ना पार्टी सभापति श्रीनारायन चौधरीलाई आफ्नै घरबाट आक्रमण गरी मारेपछि नेपालबाट माओबादीकै कारण बिदेश पलायन हुन बाध्य पारीएको कांग्रेसको क्षेत्र नं १ का बरीष्ठ सल्लाहकार हुन्।

    २०४६ सालको जनआन्दोन देखिनै सक्रिय राजनितिमा होमिएका वली आजसम्म पनि राजनितिमा सक्रिय हुनुहुन्छ। आज क्यानडा आए पश्चात राजनिति र ब्यबसायमा सफलता हासिल गरी रहनु भएको छ। जनसम्पर्क समिति क्यानडा स्थापना भएपश्चात नेपालमा आई परेका हरेक दैविक प्रकोपहरूमा सहयोग गर्दै आई रहेको छ।

    २०७२ सालमा गएको आम बिनासकारी भूकम्पमा परी ज्यान गुमाएका र घरबार बिहिन भएकाहरूलाई सहयोग स्वरूप ५ लाख सहयोग गरेका थिए भने मेलम्ची बाढी पिडितहरूलाई दुई लाख, तराई बाढी पिडितहरूलाई २ लाख ५० हजार, कोभिडको बेलामा बर्तमान अर्थमन्त्री प्रकाश शरण महत मार्फत २ लाख कोभिडको समयमा क्यानाडामा २० लाख बराबरको राहत सहयोग गरेको र ईनकम लो हुनेहरुको फ्री ट्याक्स क्लिनिक हरेक बर्ष संचालन गरेको साथै अरु कयौ दुखी पिडितहरूलाई समेत नेपालमा सहयोग गर्दै आई रहेको सभापति वलीको सामाजिक संजाल फेसबुकबाट जानकारी लिन सकिन्छ।

    जनसम्पर्क समिति क्यानाडाले १४ औं माहाधिवेशनमा पहिलो पटक ५०० भन्दा बढी कृयाशील सदस्यता बनाई ४ जना महाधिवेशन प्रतिनिधि र ३ जना महासमिति सदस्य बनी महाधिवेशनमा भाग लिने अबसर जुट्यो। त्यसैगरी बर्तमान अबस्थामा नेपालबाट आउने नेपाली विद्यार्थी भाईबहिनीहरुका आफन्त र साथी भाईहरुबाट जनसम्पर्क समिति क्यानडाका प्रतिनिधिहरूलाई सम्पर्क गरी सहयोग गरी दिनु भनी सम्पर्क गर्ने जतिलाई जनसम्पर्क समिति क्यानडाका प्रतिनिधिहरूले टोरोन्टो एयरपोर्टबाट लिएर बस्ने कोठासम्म लगि ब्यबस्थापन समेत गरी सक्दो सहयोग गरी रहेको छ र केहि विद्यार्थीहरुलाई जनसम्पर्क समितिको कार्यालयमा नै बोलाएर भेटघाट र बर्तमान क्यानाडाको अवस्था बारे जानकारी गराउदै समितिले सक्ने सहयोगको बचन बद्धता समेत गरेको छ।

    क्यानाडामा रहेका नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देयले नेपाली जनसम्पर्क समिति क्यानाडाले एक बर्ष पहिलेबाट महामन्त्री बसन्त कार्कीको संयोजकत्वमा क्यानाडाभरीको ५० सदस्य हेल्प डेक्स समिति गठन गरी नेपाली विद्यार्थीहरुलाई सहयोग र सेवा गर्दै आई रहेको छ। अब आउने दिनहरूमा अझै शसक्त रूपमा जनसम्पर्क समिति क्यानाडालाई अगाडी बढाई हरेक स्टेटहरूका हरेक सिटीमा समेत शाखा बिस्तार गर्ने लक्ष्यमा रहेका सभापति वली र महमन्त्री कार्कीले बिभिन्न बिभाग र समिति गठन गर्दै समितिलाई पूर्ण रुप दिदै क्यानाडामा डेमोक्रेटहरुको ठूलो संजाल बनाई विश्वभरमा रहेका जनसम्पर्क समितिहरु भन्दा उत्कृष्ट बनाउने लक्ष्यको साथ अगाडी बढी रहेको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal