News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पासाङ ह्लामु सडक निर्माणको सुनिश्चितता नभए सांसद केसी अनसन बस्ने

    कर्ण अधिकारी
    ४१० पटक

    नुवाकोट। नुवाकोट जिल्लाको बिकास निर्माणका संबन्धमा कांग्रेस सांसद अर्जुन नरसिंह केसीको नेतृत्वमा सम्माननीय प्रधानमन्त्री प्रचण्डसंग आज ऐतिहासिक भेटघाट भएको छ। पासाङ ह्लामु राजमार्ग अन्तरगत रानिपाैवा पिपलटार खण्ड लामो समय देखि निर्माण हुन नसकेको र त्याहाँका स्थानीय बासीले भोग्दै आएको दु:ख पीडा र समस्या लिएर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।

    काठमाडौबाट नुवाकोट, रसुवा र धादिङ जिल्लाको उत्तरी भेगका आम मानिसहरु आवतजावत गर्ने सबै भन्दा पुरानो मोटर बाटो बालाजु–रानीपौवा– पिपलटार जोड्ने (पासाङ ह्लामु) सडक विगत लामो समय देखि निर्माण कार्य अवरुद्ध भई अलपत्र अवस्थामा रहेको र तिनवटै जिल्लाका सरोकारवाला आम जनसमुदायले असुबिधा व्योहोर्न बाध्य भइरहेको व्यहोरा २०८०/१/१० मा प्रधामन्त्री प्रचण्ड मार्फत बजेट बिनियोजनको लागि अनुरोध गरे अनुरुप संबोधन नभई बालाजु रानीपौवा सम्म बजेट बिनियोजन भएको र रानीपौवा पिपलटार खण्ड छुटेको थियो।

    यस सम्बन्धमा नेपाल सरकारले बि.स. २०६९ सालको कार्यक्रममा भारतीय एक्जिम बैंकबाट प्राप्त सस्तो ब्याजको ऋण रकम रु. १ अरब ६० करोड भन्दा बढी विनियोजन गरी बि.स.२०७१ सालमा टेण्डर स्वीकृत भई निर्माण कार्य सुरु गरेको भए पनि लामो अवधि व्यतित भई सक्दा समेत निर्माण कार्य सम्पन्न गर्न नसकेको कारण रानीपौवा– पिपलटार खण्डको २ बर्षभन्दा अघि र बालाजु–रानीपौवा खण्ड करिब १ बर्षअघि नै ठेक्का सम्झौता रद्द भएको थियो।

    उक्त सडक यस्तो अवस्थामा निर्माण कम्पनीहरुले गरेको ढिलासुस्ती तथा लापर्बाहीको साथै सरकारको नियमन गर्ने निकायहरुले खेल्नु पर्ने भूमिकामा कमी एवम् एक्जिम बैंकको सर्त अनुसार नेपालको निर्माण कम्पनीले भारतीय निर्माण कम्पनीलाई ठेक्का साझेदारी बनाउनपर्ने र निर्माण कार्यमा प्रयोग हुने ४४ प्रतिशत निर्माण सामाग्री भारतीय बजारमा खरिद गर्नुपर्ने अनिवार्य व्यवस्थाले पनि निर्माण कार्यमा ढिलाई हुने गरेको स्पष्ट देखिएको छ।

    फेरी पनि यो सडक निर्माणको लागि एक्जिम बैंकको रकमको भर पर्ने हो भने सडकको अवस्था बिगतकै रुपमा पुनराबृद्धि हुने कुरा निश्चित देखिन्छ। बालाजु–रानीपौवा–त्रिशुली सडक (पासाङ् ल्हामु राजमार्ग) सुधार आयोजना हालसम्मको प्रगति बिबरण यस प्रकार रहेको छ।

    सम्झौतामा हस्ताक्षर भएको– २०७२ असार ७ गते

    – निर्माण कार्यको थालनी– २०७२ फागुन २३ गतेदेखि

    – सडकको जम्मा लम्बाई– ३५.०९० कि.मि.

    – प्रारम्भिक काम सम्पन्न गर्ने म्याद– २०७५ फागुन २१ गते (७२० दिन)

    – निर्माण–अवधि पहिलोपटक थप– २०७५ फागुन २२ देखि २०७४ असोज १७ गते (२१२ दिनभित्र)

    – दोस्रोपटक निर्माण अवधि थप– २०७४ असोज १८ गतेदेखि २०७६ असोज २१ सम्म (३७० दिन)

    – तेस्रोपटक निर्माण अवधि थप–  २०७७ पुस १५ सम्म

    जम्मा म्याद थप गरिएको दिन– ९९९ दिन

    जम्मा निर्माण अवधि दिन– १७२९ दिन

    यसरी निर्माणका लागि पटक-पटक म्याद थप्दा पनि सम्पन्न गर्न नसकिएकोले रानीपौवा पिपलटार खण्डलाई यसै आथिर्क बर्षमा कार्य प्रारंभ हुने गरी आन्तरीक स्रोतबाट बजेट व्यवस्था गर्न प्रधानमन्त्री सामु ध्यानाकर्षण गराईएको छ। यदि नेपाल सरकारबाट पहल कदमी नभए जनस्तरमा देखिएको असन्तुष्टि र यसक्षेत्रमा पर्न गएको अन्याय जनआवाज सशक्त रुपबाट प्रतिरोध हुने स्थिति रहेको छ।

    जिल्ला भित्रका केहि रणनैतिक सडकहरु बिशेष गरी बजेटमा छुटेको हुँदा आन्तरिक स्रोतबाट बजेट सुनिश्चित गर्न समेत अनुरोध गरीएको छ। मध्ये पहाडी लोकमार्ग अन्तरगत पाटी भन्ज्याङ —गंगटे—भर्‍याङभुरुङ सडक खण्ड निर्माणमा भैरहेको ढिलासुस्ती प्रति विशेष ध्यानाकर्षण गराएको छ।तीन पिप्ले ओखरपौवा कुमरी कोल्पुटार गल्छी बैकल्पिक राजमर्ग निर्माणमा भैरहेको ढिला सुस्ति प्रति समेत बिशेष ध्यानाकर्षण गराएको छ।

    त्यसैगरी बन्चरे डाँडा ल्याण्डफील्ड साइडले पारेको समस्या त्यस भेगका नागरीकले झेल्नु परेको समस्या र सरकारले पटकौं पटक यहाँका नागरीकसंग गरेको संझौता माथि भएको बेवास्ता प्रति गम्भिर ध्यानाकर्षण गराउँदै त्याहाँको जनजिवनमा बर्सौ देखि पर्दै आएको नारकीय जिबन यातना समाधान नहुनु गंभिर दुःखको बिषय भएको छ। तसर्थ यसबारे सरकारबाट गरिएको संझौता तुरुन्त कार्यान्वयनको माग समेत गरेको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...