News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नुवाकोट कांग्रेसमा अर्को धार जन्माउदै तरूण दल केन्द्रिय सदस्य गुरूङ

    कर्ण अधिकारी
    १७९० पटक

    काठमाण्डौ। नेपाली कांग्रेसले गौरवमय ईतिहास बोकेको आज ७७ बर्ष भई सक्यो। यो अबधिमा अधिकांश ब्यबस्था परीवर्तनका लागि संबाहक बनेर जनता सामु खडा भयो नेपाली कांग्रेस। राणा शाशन अन्त्ये गर्ने कांग्रेस, पंचायती ब्यबस्था अन्त्ये गर्ने कांग्रेस अनि संघीय गणतान्त्रिक नेपाल बनाउनका लागि अहम भूमिका सृजित गर्ने कांग्रेस अनि यसो भनि रहदा यस्तो परीवर्तनको संबाहक बन्ने कांग्रेस भित्र अलोकतान्त्रिक पद्धतिलाई अगाल्ने कस्ता कस्ता लन्ठू आए अब त्यस्ता चर्चित अनुहारका बिषयमा केहि चर्चा गरौ।

    जन नायक स्वर्गीय बिपी कोईरालाले स्थापना गर्नु भएको कांग्रेस आज २०८० सालसम्म आई पुग्दा कांग्रेसलाई समसानघाटतर्फ लैजाने मुख्य दुई पात्र गिरीजा बाबु र अहिलेका पार्टी सभापति शेर बहादुर देउवा हुन्। गणेशमान र कृष्ण प्रसाद भट्टराईको पार्टी हाक्नेहरू प्रति बितृष्णा र गुनासो भए पनि कहिले पनि पार्टी फुटाउन चाहेनन् तर यी दुई पात्र स्वर्गीय गिरीजा बाबु र शेर बहादुर देउवा पार्टी फुटाउन लागि परे र फुटाए पनि तर यस फुटाईले पार्टीलाई गम्भीर आघात पर्यो। आफ्नो ब्यक्तिगत स्वार्थमा रमाउने यी पात्रहरूको पछाडी दौड्ने र साथ दिने कुपात्रहरू पनि यसको भागिदार हुन्।

    आफूले मात्र ४/५ चोटी सत्ता र पार्टीको प्रतिनिधित्व गर्ने चाख र चाहनाको कारण बिपीले अनलिमिटेड तवरबाट स्थापना गरेको कांग्रेसलाई प्राईभेट लिमिटेड बनाई छाडे। ईतिहास बोकेको पार्टीको धरासायी अबस्थाका कारण स्थानीय संघ र प्रदेशको चुनावमा ४/५ वटा पार्टीहरूसंग गठबन्धन गर्नु पर्ने अबस्था आयो। समाजबाद र साम्यबादबीच गठबन्धन हुनुलाई कहिले पनि राम्रो मान्न सकिदैन। केहि अबसरबादी झुण्डहरूको स्वार्थका लागि गठबन्धन भएको थियो।

    केन्द्रदेखि कार्यकर्ता र भोटर माथि प्रश्न वाचक चिन्ह खडा गरी पार्टीको ह्वीप हो भन्दै रूख छाडेर हसियाँ हथौडामा भोट हाल्न बाध्य पार्नेहरूले अहिले पछुताउनु सिवाय के नै रह्यो र ! सरकार टिकाउनका लागि मिलि दिनु पर्ने अबस्थाको अन्त्ये हुनु पर्नेमा अझै मौलाउदै जानुले यो संघीय गणतान्त्रिक ब्यबस्था समेत धरापमा परी सकेको छ। पार्टी त धरापमा पर्यो पर्यो तर ब्यबस्था नै धरापमा पार्नेहरू यहि राजनितिका खोल ओढेका लन्ठूहरू नै हुन्।

    नेताको खोल ओढेर मान्छे बेच्ने नेता, नेताकै खोल ओढेर सुन बेच्ने नेता अनि तस्करी र भ्रष्ट्राचारीको जालोमा रूमलिने नेता भएपछि देश र जनताले पाउने चाँहि के ? आर्थिक संकटको चरम उत्कर्षमा पुगेको देशको बागडोर सम्माल्नेहरू नै अपराधी, घुसिया, चोर फटाहा भएपछि न्याय चाँहि पाउने कसरी ? अब यस्तै ब्यतिथिका अन्त्यको लागि यूवापिढीका साथी भाईहरू एकजुट हुन जरूरी छ। यहाँ कुन चाँहि पार्टीको सिद्धान्त रह्यो र ! माओबादीलाई भोट हाल्ने कसरी भए कांग्रेस अनि कांग्रेसलाई भोट हाल्ने कसरी भए माओबादी ! यहाँ त पार्टी होईन सबै अबसरबादी हुन्।

    लोकतान्त्रिक पार्टी कांग्रेसको अलोकतान्त्रिक ब्यबहारका कारण आज कांग्रेस भित्र केहि परीबर्तनका भाग्य रेखा कोर्नेहरू एकजुट हुन थाली सकेका छन्। अबका युबा पिढीहरू कांग्रेस भित्र परीवर्तन र रूपान्तरण चाहन्छ तसर्थ अब जिल्ला जिल्लाबाट कांग्रेसकै फरक धार स्थापना हुन थाली सकेको छ। त्यसै मध्ये नुवाकोट कांग्रेसमा पनि त्यो स्थिति देखा पर्दै छ। युवा पिढीलाई एक जुट बनाउन लागि पर्दैछन् तरूण दलका केन्द्रिय सदस्य सन्जीव गुरूङ र उहाँका साथीहरू राजधानीसंग जोडिएको जिल्ला नुवाकोट र बिगतदेखि पार्टीमा एकक्षत्र राज गरी रहेका केसी र महत परीवार।

    स्वर्गीय बद्रिराम भण्डारी पछि नुवाकोट कांग्रेस महत र केसी परीवारको सेरोफेरोमा नै घुमि रह्यो अहिले केहि बर्षदेखि बाहादुर सिंह लामाले पनि आफ्नो बर्चश्व कायम गरी रहेका छन्। दुई माहान नेता अर्जुन नरसिंह केसी र डा. रामशरण महतले नुवाकोटको बिकास र कांग्रेस बृद्धिका लागि खेल्दै आउनु भएको भूमिका अबष्मरणीय नै छ। डा. महत राजनितिबाट निस्कृय हुँने अबस्थामा छन् भने अर्जुन नरसिंह केसी अझै मैदानमा हुनु हुन्छ।

    केसी र महत परीवारको वरीपरी घुमेको नुवाकोट कांग्रेस पुस्तानान्तरण तर्फ उन्मुख भएको हो की भन्ने आभाष भएसंगै उहाँहरूलाई नै साथ दिदै आई रहेको युवापिढीहरू अब उहाँहरूलाई होईन हामीबाटै केहि गर्नुपर्छ भन्ने सोचका साथ अगि बढ्ने पक्का छ। यो फरक धारको लिड गर्ने तरूण दलका केन्द्रिय सदस्य संजीव गुरूङ हुन्। समाज, गाउँ, क्षेत्र, जिल्ला अनि देशका सम्पूर्ण भागको बिकास साथै जनताको जीवन स्तरको बृद्धि हुनु पर्छ भन्ने सोचका साथ अगाडी बढेको यो धारलाई सपोर्ट र माया गर्ने धेरै हातहरू सृजित भई सकेको छ।

    हिजो हामीलाई भर्याङ बनाएर टुप्पोमा पुग्नेहरूले जनता र देशको बिकास नगरेको देख्दा रून मन लाग्छ भन्नु हुन्छ गुरूङ। लामो समयसम्म बिदेशीएका गुरूङले अब नेपाली नागरिकलाई देशमा बसी केहि गर्ने वातावरण सृजित गर्नुपर्छ र बिदेशीन रोक्नुपर्छ भन्ने धारणा ब्यक्त गर्नु हुन्छ। गुरूङले नेपालको शिक्षा प्रणाली माथि पनि प्रश्न बाचक चिन्ह खडा गरेका छन।

    बिशेषत नुवाकोटको बिकासमा चासो दिने गुरूङले समाज सेवामा पनि त्यतिकै सक्रिय भई रहेका छन्। कोभिडका बेलामा आफ्नै गोजीको पैसाले शिवपुरी गाउँपालिकाका नागरीकलाई सेवा दिएका थिए। आशा गरौ अब छिट्टै नुवाकोट कांग्रेस भित्र छुट्टै धार स्थापना भई कांग्रेस मजबुद बनाउने छ।

    प्रतिकृया दिनुहोस्

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...