News Portal

युवामा देशमा केही हुँदैन भन्ने नैराश्यता छायो : मन्त्री लिम्बू

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले युवाहरुमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताउनुभएको छ।

२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री लिम्बूले अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन र केही छैन भन्ने नकारात्मक विचार लिएर सबै विदेश जान थालेको बताउनुभएको हो।

मन्त्री लिम्बूले युवाहरुलाई आफ्नै देशमा बसेर श्रम शक्ति खर्च गरी देश बनाउनतर्फ नेतृत्वदायी भूमिका निभाउन आग्रह गर्नुभयो। उहाँले सरकारले शुसासन दिन खोजेको भन्दै युवाहरु राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा आएर नेतृत्व गर्नुपर्ने समय आइसकेको बताउनुभयो। उहाँँले नेपाली युवासँग सीप, क्षमतासँगै इच्छाशक्ति हुनुपर्ने धारणा राख्नुभयो।

मन्त्री लिम्बूले युवाहरुलाई रोजगारी दिलाउने कार्यक्रम ल्याउन सरकार तल्लीन रहेको बताउनुभयो। युवाहरुले मुलुक हाँक्न र देशलाई समृद्धीको दिशातर्फ लैजानको निमित्त तयारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो।

मन्त्री लिम्बूले सरकारले युवा नीति परीमार्जन गरेर अधिकतम युवाहरुलाई अवसर दिन चाहेको बताउनुभयो। उहाँले युवा नीति राम्रो बने परिणाम पनि राम्रो आउने भन्दै युवाहरु मिलेर देशलाई अघि बढाउनुपर्ने बताउनुभयो।

मन्त्री लिम्बूले देश विकास निर्माणमा युवाको नेतृत्वदायी भुमिका रहने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...