News Portal

काँग्रेसलाई ओलीको प्रश्न: कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?

प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई ओलीको चेतावनी

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन्।

संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो। उनले पुच्छरले कुकुर हल्लाएजस्तो भुमिकामा संसदको सबैभन्दा ठूलो दल काँग्रेस रहेकोमा आफू छक्क परेको बताए।

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले काँग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भनि प्रश्न समेत गरे। अध्यक्ष ओलीले ४ वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल काँग्रेसमाथि आफूहरुले टिप्पणी समेत नगर्ने बताए।

अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिएका छन्। प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उनले त्यस्ता कार्यमा सरकारले हौसिन नहुने पनि बताए।

अध्यक्ष ओलीले सांसद सुनिल शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफू बिरुद्ध नबोल्न तर्साएको आरोप समेत लगाएका छन्।

ओलीले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकार गम्भिर नभएको जिकिर समेत गरे।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...