News Portal

सेप्टेम्बर १ मा जनसम्पर्क समिति कुवेतले ११०औं वीपी जयन्ती तथा १२औं वार्षिकोत्सब मनाउँदै

हिमालीसंचार संवाददाता
५११ पटक

कुवेत सिटी। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आउँदो १ सेप्टेम्बर २०२३ का दिन कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउने कार्यतालिका रहेको समितिका महामन्त्री केशर घलानाले हिमालीसंचारलाई जानकारी दिए।

कुवेत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबाट कुवेतमा रोजगारी एवं अन्य पेशा व्यवसाय गरी बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई नेपाली कांग्रेसको मूल नारा “राष्ट्रियता, लोकतन्त्र र समाजवाद”मा आवद्द गराइ नेपाल-कुवेत असल सम्बन्धलाई अझ मजबुत बनाउँदै कुवेतवासी नेपालीहरुमा व्यक्तिगत तथा सामुहिक हितका लागि सन् २०११ मा स्थापना भएको नेपाली जनसम्पर्क समिति कुवेतले आफ्नो १२औं बार्षिकोत्सब र ११०औं वीपी जयन्तीको अवसर पारेर उक्त कार्यक्रम गर्न लागेको समितिले बताएको छ।

उक्त कार्यक्रममा नेपाली राजदुताबास कुवेतका महामहिम राजदूतको प्रमुख आतिथ्यता र कुवेतस्थित क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि विशेष उपस्थिति रहने बताइएको छ।

साथै, सोही दिन अन्य संघसंस्थाहरुले कार्यक्रम नजुधाइदिनुहुन पनि विनम्र अनुरोध गरिएको छ भने, कार्यक्रम सम्पन्न गर्नाको लागि अन्तिम तयारी भैईरहेको समितिले बताएको छ।

थप जानकारीका लागि:-

मिति : २०२३ सेप्टेम्बर १ तारिख शुक्रबार,
समय : १२ बजे
स्थान : मेमोरी हल मङ्गाफ,
आयोजक : नेपाली जनसम्पर्क समिति, कुवेत।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...