News Portal

सुनिल शर्माको सचिवालयको दाबी: गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरियो

हिमालीसंचार संवाददाता
३६४ पटक

काठमाडौँ। सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ उनले सचिवालयले दाबी गरेको छ। डा.सुनिल शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गरी सांसद शर्मालाई पक्राउ गरिएको दाबी गरेको हो।

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गते संसद बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए। सुन तस्करीमा जो सुकै संलग्न भएपनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका सांसद शर्माले तस्करीको मुख्य नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणासमेत गरेका थिए।

बिहीबार अपरान्ह करिब ३ बजे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोलीले राजधानीबाट उनलाई पक्राउ गरेको हो। संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको अनुमति नलिई पक्राउ पुर्जी पक्राउ गरिएको भन्दै सचिवालयले विरोधसमेत गरेको छ।

‘सुन तस्करीको बिषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिनाअनुमति र पक्राउ पुर्जी समेत जारी नगरी सीआइबीले क्रुरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ,’ सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको पक्षमा आवाज उठाउदा गृहमन्त्री र प्रधानमन्त्रीले रिसइबी साध्ने मनसायले बर्बरताको नाङ्गो नृत्य प्रस्तुत गर्दै वाक स्वतन्त्रताको खिल्ली उडाउँदै प्रजातन्त्रको मर्म बिपरित सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै सुन तस्करी काण्डका नाइकेहरूलाई कारबाहीको माग राख्दै उठाइएको आवाजलाई दबाउने नियतको घोर भर्त्सना गर्दछौँ।’

प्रमाणपत्र कीर्ते गरेको आरोपमा सीआईबीले बिहीबार शर्मासहित ५ जनालाई पक्राउ गरेको थियो।

 

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...