News Portal

प्रचण्डलाई सुवास नेम्वाङको व्यङ्ग्य : नाम बिर्सेँ, अनुहार झलझल्ती सम्झन्छु !

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले सबै जातजाति र धर्मावलम्बीहरूको अधिकारको सम्मानमा कुनै सर्तबन्दी नगर्ने बताएका छन्।

२९ औँ विश्व आदिवासी दिवसका अवसरमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले बिहीबार च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले देशका विविध धर्म,जाती र भाषाका पक्षमा दृढतापूर्वक एमाले उभिँदै आएको र आगामी दिनमा पनि उभिने बताए।

नेता नेम्वाङले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै व्यङ्ग्य पनि गरे। उनले भने, ‘म नाम अलि बिर्सन्छु। हिजोअस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला एक जना मित्रले भन्नुभयो। अर्को पटक २०८४ मा हामीलाई भोट हालेर जिताउनुभयो भने म यो कोशी प्रदेशको नामै फेर्दिन्छु।’

उनले त्यसो भन्ने मान्छेको नाम बिर्सेपनि अनुहार झलझल्ती याद आइरहेको बताए। ‘उहाँले यसो भनेको मलाई कताकति पढेको जस्तो लाग्यो। झलझली अनुहार याद छ तर नाम बिर्सेँ’, नेम्वाङको भनाइ छ।

दुई दिन अघि प्रधानमन्त्री प्रचण्डले विश्व आदिवासी दिवसकै अवसरमा काठमाडौमा भएको एक कार्यक्रममा कोशी प्रदेश नामकरण र भइरहेको विरोधलाई लक्षित गर्दै आउने चुनावमा आफ्नो पार्टीलाई जिताए कोशीको नाम फेरिदिने बताएका थिए।

नेम्वाङले नेकपा एमाले त्यसरी सर्तबन्दी नगर्ने पनि बताए। ‘यो देशमा साँच्चै धर्म निरपेक्ष भएको अनुभूत गर्न राज्यले नै सबै धर्मावलम्बीहरूको चाडपर्व मनाइदिँदा कस्तो होला ?’, नेम्वाङको भनाइ छ। उनले नेपाल विभिन्न जातजातिको साझा फूलबारी भएको भन्दै सोही अनुसार पछिल्लो पटक संविधान समेत सबैको अधिकार सुनिश्चित गर्ने गरी निर्माण गरिएको बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...