News Portal

  • निर्मला थापा मगरको नेतृत्वमा जनसम्पर्क समिति मकाउको १५ सदस्यीय समिति चयन

    उपसभापतिमा नबराज पराजुली, महामन्त्रीमा पदम बुढाथोकी, सह-महामन्त्रीमा मोहन सिह पन्त, सह-महामन्त्रीमा कुमार तिमल्सिना, सचिबमा भरत भट्टराई, सह-सचिबमा राजकुमार हरिजन, कोषाध्यक्षमा ज्ञानेन्द्र राउत, सहकोषाध्यक्षमा राम प्रसाद शर्मा र प्रबक्तामा प्रदिप खत्रीलाई चयन गरेको छ।

    हिमालीसंचार संवाददाता
    ७९६ पटक

    मकाउ। नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति मकाउको पाँचौं अधिवेशनले निर्मला थापा मगरको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित गरेको छ।

    नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट निर्मला थापा मगरको नेतृत्वमा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ।

    अधिवेशनबाट सभापतिमा निर्मला थापा मगर, उपसभापतिमा नबराज पराजुली, महामन्त्रीमा पदम बुढाथोकी, सह-महामन्त्रीमा मोहन सिह पन्त, सह-महामन्त्रीमा कुमार तिमल्सिना, सचिबमा भरत भट्टराई, सह-सचिबमा राजकुमार हरिजन, कोषाध्यक्षमा ज्ञानेन्द्र राउत, सहकोषाध्यक्षमा राम प्रसाद शर्मा र प्रबक्तामा प्रदिप खत्रीलाई चयन गरेको छ।

    त्यसैगरी, सदस्यहरुमा युव बहादुर छेत्री, संदेश लिम्बु, संदेश पौडेल, लालकाजी श्रेष्ठ र विनोद गौतम निर्विरोध निर्वाचित भएका छन। चण्डी योङयाको सभापतित्त्वमा भएको अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि डा.प्रकाशशरण महत, विशेष अतिथि गोविन्दप्रसाद भटराई, वाग्मती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले शुभकामना व्यक्त गर्नुभएको थियो।

    बागमती प्रदेश तेक्वान्दो अध्यक्ष केशब पुरी, जनसम्पर्क समिति मकाउका संरक्षक, हङकङ जनसम्पर्क समितिका सभापति, हङकङ जनसम्पर्क समितिका पुर्वसभापतिहरू लगायत मकाउस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

    प्रमुख अतिथिको शुभकामना भिडियो मार्फत समावेश गरिएको थियो। सो अवसरमा बोल्दै अर्थमन्त्री डा. महतले देशमा रेमिट्यान्स भित्र्याउन मकाउमा रहेका नेपालीहरुको योगदान अतुलनिय रहेको बताए।

    विशेष अतिथि पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले नीति, सिद्धान्त, योगदान र इतिहास नभएका राजनीतिक दलबाट देशको विकासको लागि कुनै योगदान नहुने भन्दै नेपाली कांग्रेसले दीगो विकासको जग बसाल्न महत्वपूर्ण योगदान दिएको चर्चा गरे।

    उनले भारत जस्ता ठूला राष्ट्रको आम्दानीको महत्वपूर्ण श्रोत रेमिट्यान्स नै भएको जनाउँदै युवाहरु रोजगारीको लागि विदेश जाँदैमा देश गरिब नहुने तर्क गरे। उनले रेमिट्यान्स नै नेपालको अर्थतन्त्रको मूल श्रोत भएको दाबी समेत गरे।

    कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमसहित मकाउमा छायांकन गरिएको समसामयिक कथावस्तुमा आधारित लघु चलचित्र “प्रदेशी संयोग” को समेत प्रीमियर रहेको थियो। कार्यक्रम मकाउस्थित L’Arc Hotel को चौथो तल्लामा गत आईतबार सम्पन्न गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...