News Portal

  • कोसीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

    हिमालीसंचार संवाददाता
    २९२ पटक

    काठमाडौं। कोसी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्। सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो।

    त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेका थियो।

    सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण आफूले सभामुख पद त्याग्ने निर्णय गरेको गौतमले बताएका छन्।

    काठमाडौंमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन्। अब उनी नेकपा (माअ‍ोवादी केन्द्र)को संसदीय दलको सदस्य भएका छन्।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका संसदीय दलका नेताले हस्ताक्षर गरी उद्धव थापालाई नै मुख्यमन्त्रीमा समर्थन गर्ने र थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।

    “हामी चार दलका नेताहरुले समर्थन जनाएपछि अब सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ,” कांग्रेसका एक सांसदले बाह्रखरीसँग भने, “उद्धव थापा नै मुख्यमन्त्री बन्नुहुनेछ।”

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...

    न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

    दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई...