News Portal

कोसीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

हिमालीसंचार संवाददाता
३६० पटक

काठमाडौं। कोसी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्। सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो।

त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेका थियो।

सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण आफूले सभामुख पद त्याग्ने निर्णय गरेको गौतमले बताएका छन्।

काठमाडौंमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन्। अब उनी नेकपा (माअ‍ोवादी केन्द्र)को संसदीय दलको सदस्य भएका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका संसदीय दलका नेताले हस्ताक्षर गरी उद्धव थापालाई नै मुख्यमन्त्रीमा समर्थन गर्ने र थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।

“हामी चार दलका नेताहरुले समर्थन जनाएपछि अब सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ,” कांग्रेसका एक सांसदले बाह्रखरीसँग भने, “उद्धव थापा नै मुख्यमन्त्री बन्नुहुनेछ।”

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...