News Portal

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै

हिमालीसंचार संवाददाता
३६४ पटक

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी अन्ततः सुदूरपश्चिम प्रदेश सरकारमा जान सहमत भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको भेटपछि नाउपा एक मन्त्रालय, एक राज्यमन्त्री र उपसभामुखसहित सरकारमा सहभागी हुन तयार भएको हो।

नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको सरकारलाई विश्वासको मत दिएको झण्डै ७ महिनापछि नाउपा सरकारमा जान लागेको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, नागरिक उन्मुक्ति पाटीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी लगायत सहभागी थिए।

स्रोतका अनुसार सुदूरपश्चिममा नाउपाले कृषि मन्त्री, कृषि राज्यमन्त्री र दुईवटा संसदीय समितिको सभापति पाउने छ। नाउपाले साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो। तर पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्र पठाएपछि शपथ रोकिएको थियो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...