News Portal

वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित : उपप्रधानमन्त्री खड्का

हिमालीसंचार संवाददाता
१९८ पटक

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित भएको दाबी गरेका छन्। बीपीबाट प्रेरित भएकै कारण सरकारले लोभ तथा डरबाट मुक्त भई देश र जनताको पक्षमा काम गरिरहेको उनले बताए।

बीपी स्मृति दिवसका अवसरमा शनिबार बीपी संग्रहालय सुन्दरीजलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका कामहरु बीपी कोइरालाको सिद्धान्त अनुरुप भएको उल्लेख गरे।

बीपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन बेलाबेलामा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री खड्काले अहिले आफूहरुले पनि कुनै कठिन राजनीतिक निर्णय गर्दा होस् वा पार्टी र सरकार सञ्चालन गर्दा बीपी कोइरालालाई सम्झेर निर्णय गर्ने गरेको धारणा राखे।

बीपी कोइरालाको सिद्धान्त अनुरुप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको र अब सरकार र राजनीतिक शक्तिहरुले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बीपीप्रति सच्चा सम्मान एवं श्रद्धाञ्जली हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजलस्थित बीपी संग्रहालयमा कांग्रेस संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुको सालिकमा माल्यार्पण गर्नुका साथै संग्रहालय परिसरमा बृक्षरोपण समेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...