News Portal

वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित : उपप्रधानमन्त्री खड्का

हिमालीसंचार संवाददाता
२४० पटक

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित भएको दाबी गरेका छन्। बीपीबाट प्रेरित भएकै कारण सरकारले लोभ तथा डरबाट मुक्त भई देश र जनताको पक्षमा काम गरिरहेको उनले बताए।

बीपी स्मृति दिवसका अवसरमा शनिबार बीपी संग्रहालय सुन्दरीजलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका कामहरु बीपी कोइरालाको सिद्धान्त अनुरुप भएको उल्लेख गरे।

बीपी कोइरालाले नागरिकलाई अधिकार सम्पन्न बनाउन बेलाबेलामा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री खड्काले अहिले आफूहरुले पनि कुनै कठिन राजनीतिक निर्णय गर्दा होस् वा पार्टी र सरकार सञ्चालन गर्दा बीपी कोइरालालाई सम्झेर निर्णय गर्ने गरेको धारणा राखे।

बीपी कोइरालाको सिद्धान्त अनुरुप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको र अब सरकार र राजनीतिक शक्तिहरुले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बीपीप्रति सच्चा सम्मान एवं श्रद्धाञ्जली हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सुन्दरीजलस्थित बीपी संग्रहालयमा कांग्रेस संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुको सालिकमा माल्यार्पण गर्नुका साथै संग्रहालय परिसरमा बृक्षरोपण समेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...