News Portal

कांग्रेस सांसद सुनील शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा

हिमालीसंचार संवाददाता
२९४ पटक

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन्। सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनु पर्ने उनको माग छ।

दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नु पर्ने उनले बताए। प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले अर्थमन्त्रालय मातहत रहेको राजस्व विभाग र गृहमन्त्रालय मातहतको सुरक्षा निकायले एक क्वीन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए।

उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेको दाबी पनि गरे। ‘प्रधानमन्त्री शोकमा हुनुहुन्छ। यहि बेला सय किलो सुन अवैध रुपमा आयो। राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ। सुरक्षा गृहमन्त्रालय मतहत छ। दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो। यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भएर निकालिएको सुन त्रिभुवन विमानस्थल कार्गो भवन अघिबाट बरामद भएको थियो।

प्रतिकृया दिनुहोस्

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...