News Portal

कविता – “हे ईश्वर बोलिदेउ”

हिमाली संचार संवाददाता
७५० पटक

~ श्रीराम बस्याल ‘स्वरुप’

अझै कति लिटर दूध बगाउनुपर्छ
ती शिबलिंगहरु चोख्याउन,
र पत्थरहरु कहाँ कहाँ ठोकाउनु पर्छ
ती आकृतिहरु कुद्न,
आफ्नो भविष्य कतिन्जेल राख्नुपर्छ
ती ज्योतिषीका हातहरुमा,
र अझै कति सल्काउनुपर्छ
ती बारुदका सलाईहरु अगर बत्तिहरुमा।

हे ईश्वर बोलिदेउ, मेरी आमा
अझै कति समय दौडिनु पर्छ शितहरुमा,
र कति पुकारि रहनुपर्छ तिम्रो नाउँ
चिसो पानी ठोक्दै तालुहरुमा,
अझै कहाँ कहाँ पुग्नुपर्छ
गोसाइँकुण्ड, मुस्ताङ, चन्दननाथ,
कि पूरा नहुने हुन नझुकुन्जेल
ती कुँदीएका पत्थहरुको माथ।

रजस्वला भएकी त्यो बहिनी
अझै कतिरात सिरेटोहरुमा बिताउनुपर्छ,
र नुहाईसकेपछि कति थोपा
चोखा तेलहरुले ती कपालहरुमा दल्नुपर्छ।

तँ पनि बोलिदे सरकार,
किन मेरो बुबालाई परदेशबाट भोट
हाल्नको लागि मात्र देश झिकाईन्छ,
र अझै कति दाजुहरुलाई देश भित्रैबाट
अयोग्य बनाई बिदेश पठाईन्छ।

साईन,कस र अल्फा, बिटाका किताबहरु
अझै कति समय रट्नुपर्छ,
र कति सन्तानले बुर्जुवा शिक्षा भन्दै
कहिलेसम्म बिरहका गित गाउनुपर्छ।

ए साहु आज तँ पनि बोल,
अझै कति बर्षसम्म जोतिसकेपछि
त्यो तेरो जमिन मेरो हुन्छ,
र मेरो पसिनाले उब्जाएको अन्नमा
मेरा छोराछोरीको पनि हक हुन्छ।।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...