News Portal

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

४८० पटक

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत उपन्यास साहसी, सहनशील र त्यागमयी नारी यशोधराको जीवनकथामा आधारित छ। यो कृति एक विशाल राज्यकी राजकुमारीले भोगेका प्रेम, पीडा, त्याग र मौन बलिदानलाई सरल तर गहिरो भाषामा चित्रण गर्दछ।

यशोधराले सिद्धार्थप्रति गहिरो प्रेम राखेर राजकुमारीको पद प्राप्त गरिन्, तर त्यो पदसँग जोडिएको सुख, माया र दाम्पत्य आनन्द भने उनको भाग्यमा परेन। यशोधराको हात थाम्न सिद्धार्थले पारिवारिक व्यवधान र प्रतिस्पर्धा पार गर्दै आफूलाई योग्य प्रमाणित गरेका थिए। बाल्यकालदेखि अंकुरित प्रेम विवाहसम्म पुगे पनि सांसारिक लोभ, मोह र आसक्तिबाट टाढा रहन चाहने सिद्धार्थले यशोधरालाई मनमा अपेक्षित स्थान दिन सकेनन्। ज्ञानको खोजीमा राजदरबार र राजसी सुख त्याग्दा यशोधराले विमुख बनेर त्यो निर्णय स्वीकार गर्नुबाहेक अर्को विकल्प देखिनन्।

आफ्नो सुख, शान्ति, सोख र व्यक्तिगत चाहनालाई सहज रूपमा त्याग्दै यशोधराले प्रेमी, पति र आफ्नो एक मात्र सन्तानका पिता सिद्धार्थको ज्ञानयात्रामा कुनै अवरोध खडा गरिनन्। अन्ततः राजसुख त्यागेका सिद्धार्थ गौतम बुद्ध बने। बुद्धत्व प्राप्तिपछि पनि भिक्षाटन र ज्ञानप्रवचनमा समर्पित गौतम बुद्धको जीवनयात्रामा यशोधराले मौन सारथि बनेर साथ दिइन्।

यसरी, इतिहासमा प्रायः मौन र अमूर्त बनाइएकी नारी यशोधराको जीवनकथा यस उपन्यासमार्फत उजागर हुन्छ। दरबारभित्रका घटनाहरू, त्यागको गहिराइ र नारी संवेदनाको सूक्ष्म चित्रणले यो कृतिलाई केवल साहित्यिक उपन्यास मात्र नभई एक ऐतिहासिक दस्तावेजको रूपमा स्थापित गरेको छ। यस कृतिको महत्त्व दीर्घकालसम्म रहिरहने कुरामा कुनै दुई मत रहँदैन।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...