News Portal

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

४१ पटक

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत उपन्यास साहसी, सहनशील र त्यागमयी नारी यशोधराको जीवनकथामा आधारित छ। यो कृति एक विशाल राज्यकी राजकुमारीले भोगेका प्रेम, पीडा, त्याग र मौन बलिदानलाई सरल तर गहिरो भाषामा चित्रण गर्दछ।

यशोधराले सिद्धार्थप्रति गहिरो प्रेम राखेर राजकुमारीको पद प्राप्त गरिन्, तर त्यो पदसँग जोडिएको सुख, माया र दाम्पत्य आनन्द भने उनको भाग्यमा परेन। यशोधराको हात थाम्न सिद्धार्थले पारिवारिक व्यवधान र प्रतिस्पर्धा पार गर्दै आफूलाई योग्य प्रमाणित गरेका थिए। बाल्यकालदेखि अंकुरित प्रेम विवाहसम्म पुगे पनि सांसारिक लोभ, मोह र आसक्तिबाट टाढा रहन चाहने सिद्धार्थले यशोधरालाई मनमा अपेक्षित स्थान दिन सकेनन्। ज्ञानको खोजीमा राजदरबार र राजसी सुख त्याग्दा यशोधराले विमुख बनेर त्यो निर्णय स्वीकार गर्नुबाहेक अर्को विकल्प देखिनन्।

आफ्नो सुख, शान्ति, सोख र व्यक्तिगत चाहनालाई सहज रूपमा त्याग्दै यशोधराले प्रेमी, पति र आफ्नो एक मात्र सन्तानका पिता सिद्धार्थको ज्ञानयात्रामा कुनै अवरोध खडा गरिनन्। अन्ततः राजसुख त्यागेका सिद्धार्थ गौतम बुद्ध बने। बुद्धत्व प्राप्तिपछि पनि भिक्षाटन र ज्ञानप्रवचनमा समर्पित गौतम बुद्धको जीवनयात्रामा यशोधराले मौन सारथि बनेर साथ दिइन्।

यसरी, इतिहासमा प्रायः मौन र अमूर्त बनाइएकी नारी यशोधराको जीवनकथा यस उपन्यासमार्फत उजागर हुन्छ। दरबारभित्रका घटनाहरू, त्यागको गहिराइ र नारी संवेदनाको सूक्ष्म चित्रणले यो कृतिलाई केवल साहित्यिक उपन्यास मात्र नभई एक ऐतिहासिक दस्तावेजको रूपमा स्थापित गरेको छ। यस कृतिको महत्त्व दीर्घकालसम्म रहिरहने कुरामा कुनै दुई मत रहँदैन।

 

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...