News Portal

  • उपप्रधानमन्त्री पाए सिके राउत आफैं सरकारमा जाने

    हिमालीसंचार संवाददाता
    २४४ पटक

    काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टी फेरि सरकारमा सामेल हुने भएको छ। सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय लिएपछि एक दुई दिनमै सो पार्टीबाट मन्त्री बन्ने भएका छन्।

    सोमबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमतलाई एक मन्त्री र एक राज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउनुपर्ने निर्णय गरेको हो। तर अहिलेसम्म कुन मन्त्रालय दिने भन्ने निर्णय भइसकेको छैन।

    आइतबार बिहान जनमत पार्टीका अध्यक्ष सिके राउतलाई बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन आग्रह गरेका थिए। राउतले सरकारमा आउन तीन सर्त राखेका थिए।

    संघीय सरकारमा कम्तीमा दुई मन्त्री, मधेस प्रदेश सरकारमा आफ्ना दुई मन्त्रीलाई जिम्मेवारी तोकिनुपर्ने र बजेटमा मधेस प्रदेश उपेक्षामा परेकाले योजना थप गर्नुपर्ने उनको सर्त थियो।

    जसमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएपछि जनमत पार्टी सरकारमा सामेल हुन राजी भएको हो। सोमबार गठबन्धनको बैठकमा प्रचण्डले जनमतलाई सरकारमा ल्याउनेबारे परामर्श मागेका थिए। जनमतलाई सरकारमा फर्काउन सबै दल सहमत भएको लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीको भनाइ छ।

    ‘जनमतलाई सरकारमा ल्याउन सबै दल सकारात्मक छन्। कुन मन्त्रालय दिएर कसरी मिलाउने, त्यो जिम्मेवारीचाहिँ प्रधानमन्त्रीको हो,’ भण्डारीले भने। एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने जनमतले दुई मन्त्रालय मागेको अवस्थामा थप एक राज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउने सहमति भएको बताएका छन्।

    प्रधानमन्त्री प्रचण्डले पर्यटन वा संघीय मामिलामध्ये एक मन्त्रालय दिने मनस्थिति बनाएका छन्। जनमत पार्टीले पर्यटन मन्त्रालयमा आँखा लगाएकाले वर्तमान मन्त्री सुदन किरातीको पद धरापमा पर्ने देखिएको छ।

    जनमत पार्टीबाट पहिले अब्दुल खान खानेपानी मन्त्री बनेका थिए। त्यसबेला जनमतले उद्योग मन्त्रालयमा दाबी गरेको थियो। तर प्रचण्डले दिएनन्।

    ६ जना सांसद रहेको जनमतले आफूलाई गठबन्धनका अन्य दलले हेपेको भन्दै मन्त्री खानलाई फिर्ता बोलाएको थियो। अब अब्दुल खान मन्त्री बन्ने छैनन्।

    स्रोतका अनुसार पार्टी अध्यक्ष सिके राउत आफैं सरकारमा जान खोजिरहेका छन्। तर त्यसका लागि उपप्रधानमन्त्री पाउनुपर्ने उनको माग छ। उपप्रधानमन्त्री दिए आफैं सरकारमा सहभागी हुने राउतले प्रचण्डलाई सन्देश पठाएको बुझिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...