News Portal

माल्टामा पानीजहाजमा काम लगाइदिन्छु भनी ठगी गर्ने पक्राउ

हिमालीसंचार संवाददाता
५४२ पटक

काठमाडौँ। माल्टा पठाइदिएर पानीजहाजमा काम लगाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्।

माल्टा पठाइदिन्छु भनी झापाकाे अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका-३ धापासी बस्ने ३८ वर्षीया युवराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

उनले भुवन भट्टराईलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, मासिक एक लाख धेरै तलब हुन्छ भनी ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार काठमाडौँकाे कालोपुलबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...