News Portal

खाडी र मलेसिया जाने युवाहरुको संख्या बढ्दो, ११ महिनामा १२ लाख विदेशीए

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएका छन्। रोजगारी र अध्ययनका लागि मात्रै ८ लाख ५० हजार नेपाली विदेश गएको सरकारी तथ्यांक छ।

वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा श्रमका लागि म्यानपावर कम्पनीमार्फत्‌ विदेशिएका नेपालीको संख्या सबैभन्दा बढी छ।

अधिकांश कामदार भएर खाडी मुलुक गएका छन्। अघिल्लो वर्ष श्रमकै लागि ६ लाख २८ हजार नेपाली विदेशिएको यो वर्ष असारको पहिलो हप्तासम्म ७ लाख तीन हजार विदेश गएको रोजगार कार्यालयको तथ्यांक छ। यसरी श्रमका लागि विदेश जानेमा युवाहरुको संख्या अधिक छ। यो वर्षमात्रै ४ लाख ३६ हजारले पहिलोपटक श्रम स्वीकृति लिएका छन्।

नेपालबाट संस्थागत रुपमा १ सय ११ र व्यक्तिगत पहलमा थप ६७ गरी १ सय ७८ मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन्। रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पनि बढेको छ। यस वर्ष ७१ देशमा अध्ययनका लागि १ लाख ५ हजार ९२ विद्यार्थीले अनुमति लिइसकेका छन्।

यो संख्या अघिल्लो वर्षको तुलनामा २५ सयले बढी हो। अहिले पनि दैनिक सरदर ५ सय विद्यार्थी अनुमतिका लागि वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा धाउने गरेका छन्।​ समग्रमा यो वर्षमात्रै ११ लाख ६२ हजार ७२४ नेपाली विभिन्न प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांक छ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...