News Portal

खाडी र मलेसिया जाने युवाहरुको संख्या बढ्दो, ११ महिनामा १२ लाख विदेशीए

हिमालीसंचार संवाददाता
३४१ पटक

काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएका छन्। रोजगारी र अध्ययनका लागि मात्रै ८ लाख ५० हजार नेपाली विदेश गएको सरकारी तथ्यांक छ।

वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा श्रमका लागि म्यानपावर कम्पनीमार्फत्‌ विदेशिएका नेपालीको संख्या सबैभन्दा बढी छ।

अधिकांश कामदार भएर खाडी मुलुक गएका छन्। अघिल्लो वर्ष श्रमकै लागि ६ लाख २८ हजार नेपाली विदेशिएको यो वर्ष असारको पहिलो हप्तासम्म ७ लाख तीन हजार विदेश गएको रोजगार कार्यालयको तथ्यांक छ। यसरी श्रमका लागि विदेश जानेमा युवाहरुको संख्या अधिक छ। यो वर्षमात्रै ४ लाख ३६ हजारले पहिलोपटक श्रम स्वीकृति लिएका छन्।

नेपालबाट संस्थागत रुपमा १ सय ११ र व्यक्तिगत पहलमा थप ६७ गरी १ सय ७८ मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन्। रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पनि बढेको छ। यस वर्ष ७१ देशमा अध्ययनका लागि १ लाख ५ हजार ९२ विद्यार्थीले अनुमति लिइसकेका छन्।

यो संख्या अघिल्लो वर्षको तुलनामा २५ सयले बढी हो। अहिले पनि दैनिक सरदर ५ सय विद्यार्थी अनुमतिका लागि वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा धाउने गरेका छन्।​ समग्रमा यो वर्षमात्रै ११ लाख ६२ हजार ७२४ नेपाली विभिन्न प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांक छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...