News Portal

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

हिमालीसंचार संवाददाता
३१३ पटक

रविन्द्र बराल/विराटनगर – कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। उनले आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएका छन् । तर उनको पक्षमा बहुमत नपुगे के हुने भन्ने अन्योल देखिएको छ।

नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले सहज रुपमा विश्वासको मत पाउने अवस्था छैन्। मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए अर्को दललाई बहुमत जुटाएर सरकार गठन गर्न पनि अप्ठ्यारो छ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, राप्रपाका ६ गरी ४६ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ। तर सरकार टिकाइराख्न उनलाई ४७ सदस्यको समर्थन आवश्यक हुन्छ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एकजना गरी ४७ सदस्य छन्। यता सभामुख माओवादी केन्द्रका बाबुराम गौतम छन्।

प्रदेश सभामा दुवैतर्फ बराबरी मत भएको अवस्थामा बाहेक सभामुखले मतदान गर्न पाउँदैनन्। एमाले र राप्रपाका कुनै प्रदेशसभा सदस्य अनुपस्थित भएको अवस्थामा सभामुखले मतदान गर्न नपाउने भएकाले नयाँ बन्ने सरकारले पनि विश्वासको मत पाउने अवस्था देखिँदैन। 

प्रतिकृया दिनुहोस्

इलाम यातायात कार्यालयमा अनियमितता: परीक्षण विना सवारी जाँचपास, मोटो रकम असुलीको आरोप

काठमाडौँ-देशभरका सरकारी कार्यालयमा सुधार ल्याउने प्रयास भइरहेका बेला इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा भने गम्भीर...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...