News Portal

  • हंसराज जस्तो सहि काम गर्नेलाई साथ दिदा मुद्दा लाग्छ भने मलाई प्रवाह छैन: मन्त्री राजभण्डारी

    हिमालीसंचार संवाददाता
    २२९ पटक

    मोरङ। कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आफु विरुद्ध मुद्दा परेको विषयमा मुख खोलेका छन्। उनले सो बारेमा थाहा नभएको बताउदै सहि सत्य बोल्दा कारबाही हुनु लज्जास्पद हुने बताए।

    उनले भने, मलाई थाहा छैन हंसराजी जस्तो सहि काम गर्नेलाई साथ दिएको हु। उहाँको ठाउँमा अरु भएको भए के गर्थे होला।

    राजभण्डारीले शिक्षादीप कलेजले आइतबार गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीशहरुले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्ति दिएको बताइएको छ।

    त्यही अभिव्यक्तिका कारण उनीविरुद्ध मंगलबार अदालतको अवहेलना मुद्दा दायर भएको थियो। उनले सहि सत्य बोल्दा मुद्दा दायर भएर जालसाजि गर्दा प्रबाह नहुने बताए।

    मन्त्री राजभण्डारीको अभिव्यक्तिले अदालतको अवलना भएको भन्दै अभिवक्ता उद्धवचन्द्र घिमिरेले मुद्दा दायर गरेका थिए। कार्यक्रमका बोल्ने क्रममा मन्त्री राजभण्डारीले न्यायाधीशहरुलाई फटाहा र कलंकको संज्ञा समेत दिएका थिए।

    मन्त्रीले राजभण्डारीको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनाको विषय बनेको जाहेरीमा उल्लेख छ।

    निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अवहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ।

    कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निणर्य गरेको थियो।

    उक्त निणर्यविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो।

    फेरि उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो। त्यही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...