News Portal

पशुपतिको जलहरीमा भेटियो सुन कम, दिनहुँ जलले नुहाउँदा पखालेर घटेको दाबी

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौं। पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ। जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार जलहरीको नापजाँच गरेको थियो।

पशुपतिको जलहरीमा कूल १ सय ७ केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो। पशुपतिनाथको जलहरीमा झण्डै ४२ लाखको सुन कम भेटिएको छ।

आइतबार पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी लगायतको टोलीले गरेको जलहरी जाँचका क्रममा झण्डै आधा केजी सुन कम भएको पाइएको हो।

पशुपतिको जलहरी प्रकरणमा अख्तियारले चासो देखाएसँगै आइतबार जाँचका क्रममा पशुपतिमा राखिएको जलहरीमा कुल १०७.७६ केजि सुन हुनुपर्नेमा १०७.४६८७ केजि सुन भेटिएको हो।

जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी सुन २४ क्यारेट सुन हो। जसमा तामापितल थप गरी २२ क्यारेटको १०७.७६ केजि सुन जलहरीमा प्रयोग भएको थियो। तर, जाँचका क्रममा पशुपतिनाथको जलहरीमा झण्डै आधा केजि सुन कम भेटिएको हो।

यता पशुपति क्षेत्र विकास कोषले भने दिनहुँ दही तथा जलले नुहाउँदा पानिले पखालेर आधा केजी सुन घटेको दाबी गरेको छ। पशुपतिनाथको जलहरी प्रकरणमा सुन हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पनि दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...